Sunday, November 30, 2008

जीवनरक्षाका लागि सहयोगको आग्रह

स्याङजा जिल्लाको बानेथोक देउराली गाविस, वडा नं. ३ घर भई सत्यसाई शिक्षासदनमा कक्षा ४ मा अध्ययनरत एक बालकको जीवनरक्षाका लागि सहयोग गर्न उनको परिवारजनले आग्रह गरेका छन् ।दस वर्षिय सुमन खड्काको उपचारका लागि भक्तपुरको रेडक्रस भवनमा रगत लिन आइपुगेका बालकका बुबा टेकबहादुर खड्काले चार दिनअघि स्कुलका छतबाट खसेर घाइते भएका आफ्नो छोराको उपचारका लागि रकम अभाव भएको बताउँदै सहयोगका लागि सञ्चारकर्मीसमक्ष आग्रह गरेका हुन् । मस्तिष्क र फोक्सोमा रगत जमेर न्यूरो अस्पतालको आईसियूमा राखेर उपचार गरिरहेका सो बालकको उपचारमा रु.तीन लाख खर्च भइसकेको छ ।परिवारजनले बालकको एकपटक शल्यक्रिया भइसकेको बताउँदै अर्कोपटक शल्यक्रिया गर्नका लागि रकमको अभाव भएकाले उपचारमा समस्या परेको बताए । परिवारजनले बालकलाई सहयोग गर्न चाहनेलाई अस्पतालमा सिधैँ सम्पर्क गर्न वा नेपाल बैङ्क लिमिटेडको काठमाडौँ, न्यूरोडस्थित शाखाको ८२२४२५० नं. खातामा सहयोग रकम जम्मा गरिदिन समेत आग्रह गरेका छन् । नेपाल जापान डट् कम्

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home