Saturday, July 14, 2012

मदरसा समन्वय समिति गठन

मोहम्मद अजिज अलि 
स्याङ्जा–२५, फागुन ।
स्याङ्जा जिल्लामा बसोबास गर्दै आएका मुस्लिमहरुको एक भेलाले जिल्लाभरका मदरसाहरुको रेखदेख तथा सम्बर्धन गर्ने उद्देश्यले ११ सदस्यीय मदरसा समन्वय समिति गठन गरेको छ । सदरमुकाममा रहेको मस्जिद प्राङ्गण सम्पन्न भेलाले हाजी वसर अलीको अध्यक्षतामा मदरसा समन्वय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा जब्बार अली मिया, सचिब मोहम्मद हुसैन अली, सह–सचिब, सामोहम्मद मिया, कोषाध्यक्ष मोहम्मद अली शेख रहेका छन् । यसैगरी सदस्यहरुमा अनवर मिया, नासीर खा“, हाजी मोहम्मद हनीफ शेख, मोहम्मद सरीफ भीरकोट, मोहम्मद सरीफ गहते, अफाक मिया रहेका छन् ।
उक्त भेलामा सहभागी बक्ताहरुले धर्म निरपेक्ष राष्ट्रमा धर्म, संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै मदरसाहरुलाई राष्ट्रिय मान्यता र स्वायत्तताका लागि अभियान चाल्नुपर्ने बताएका थिए ।
मदरर्सा ब्यवस्थापन परिषदका केन्द्रिय सदस्य हाजी अहमद खाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोहम्मद हुसैन अलीले गरेका थिए ।

Wednesday, August 17, 2011

प्राथामिकताका आधारमा योजना छनोट गर्न आग्रह


(दीलिपा श्री अधिकारी)
स्याङ्जा-३२ साउन ।
नगर क्षेत्रमा संचालन हुने योजना छनोट गर्दा प्राथामिकताका आधारमा गर्नु पर्नेमा जोड दिइएको छ । योजनाहरु निर्माण गर्दा प्राथमिकताका आधारमा तथा सहि मूल्याङ्कनका आधारमा छनौट गर्न सकेमा मात्रै नगरका सवै वडाहरुमा समान विकास हुने वक्ताहरुको भनाई छ ।

वालिङ नगरपालिकाले आर्थिक वर्ष २०६७÷०६८ मा संचालित कार्यक्रमहरुको वार्षिक समीक्षा मा बोल्ने बक्ताहरुले योजना छनोट गर्दा स्थलगत निरिक्षण गरेर मात्रै गर्न सकेमा नगरवासीको हित हुने बताएका थिए । उनीहरुले नगरभित्र सवै नगरवासीलाई समेटेरमा विकास प्रति नगरवासीमा उत्साह थपिने बताए ।

नगरपालिकाको विकासका लागि सवै नगरवासी एकजुट हुनुपर्ने बताउँदै वालिङ नगरपालिकाका कार्यकारी अधिकृत प्रदिप पौडेलले नगर भित्र रहेका सरकारी गैरसरकारी संघसंस्थाहरुले भत्ता पचाउने र कमाई खाने माध्याम नबनाएमा नगरको विकास हुन धेरै समय नलाग्ने बताए ।
भित्र पस्नुहोस

फ्रान्सेली सेनामा भर्ति भई अफ्गानिस्तानमा मूत्यु भएको स्याङ्जाका किसान बहादुरको शव परिवारले बुझे


(दीलिपा श्री अधिकारी)
स्याङ्जा-३२ साउन ।
तीन वर्ष अगाडी धन कमाउन बाबु आमा छोरा र श्रीमतीलाई घरमा छाडेर फ्रान्स गएका पकवादी गाबिस-२ खुर्तुङका किसान बहादुर थापा घर आउने बाटो कुरेर बसेकी श्रीमतीलाई गत हप्ता एकाएक श्रीमानको मृत्यूको खवर पाएपछि बेहोस अबस्थामा छन ।

सन २००८ मा फ्रान्सेली सेनामा भर्ती भएका किसान गत शनिवार अफगानिस्तानमा तालिवानी बिद्रोहीको आक्रमणमा परि मृत्यु भएको थियो । मृत्यूको खवरले लगत्तै बेहोस भएकी श्रीमती रेनु थापालाई श्रीमानको शव बुझ्न प्रुान्स लगिएको थियो । शव बुझेर नेपाल ल्याउदासम्म बेहोस अवस्थामा रहेकी छन् ।
बुढा बाबु आमा र छ वर्षको छोरा अमेस पनि उदास बनेका छन । तीन वर्षको नवालक छोरा छाडेर धन कमाउन गएका किसानको छोराले बाबुको मुहार राम्रोसंग सम्झन समेत सकेको छैन । श्रीमानको कमाईवाट छोरालाई राम्रो शिक्षा दिन पोखरामा बस्दै आएकी रेनुले आफ्नो छ बर्षिय छोरा अमेसलाई पोखरा स्थित श्रृजना सेकेण्डरी स्कुलमा पढाएकी थिईन । धन कमाउन गएको छोराको शब एकाएक हेलीकोप्टरबाट आएपछि सिङ्गो खर्तुङ गाउँ नै शोकमग्न बनेको छ ।
भित्र पस्नुहोस

गाविस सचिवहरुको आन्दोलन फिर्ता


(दीलिपा श्री अधिकारी)
स्याङ्जा-३२ साउन ।
गाविस सचिवहरुले विभिन्न माग राख्दै गरेको आन्दोलन फिर्ता भएको छ । स्थानिय विकास मन्त्रालयका सचिव र गाविस हकहित संरक्षण केन्द्र विच भएको सहमति अनुसार साउन २६ गतेदेखि आन्दोलनमा उत्रिएका सचिवहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

स्याङ्जामा सचिवहरुले गरेको आन्दोलनको समापनका अवसरमा गाविस हकहित संरक्षण केन्द्रका कार्यबहाक अध्यक्ष खुमकान्त अर्याल निजामती कर्मचारी संगठनका अध्यक्ष ख्यामनारायण अधिकारी तथा केन्द्र सचिव राजु मरासिनीले सरकारले गरेको दमन सहमति पछि अन्त्य भएको बताए । जिल्लाका ६० वटै गाविसका सचिवहरु सामुहिक आन्दोलन उत्रिएपछि गाविस कार्यालयबाट सम्पादन हुने सम्पूर्ण कार्य अवरुद्ध हुदा सेवाग्राही मर्कामा परेक थिए ।
भित्र पस्नुहोस

काँग्रेस समर्थक बुद्धिजिवीको भेला


(दीलिपा श्री अधिकारी)
स्याङ्जा-३२ साउन ।
नेपाली काँग्रेस स्याङ्जाले पार्टी समर्थक बुद्धिजिवीहरुको भेला राखि काँग्रेसले विगतमा गरेका कार्य र भावि दिनमा लिने नीति तथा आम नागरिकको लोकपि्रय पार्टी बनाउन के गर्नपर्छ भन्ने सबालमा एक अन्तरकि्रया कार्यक्रम सम्पन्न गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले विगतमा नेपाली काँग्रेसले गरेका कार्यहरुलाई जनतासम्म प्रचार-प्रसार गर्न नसक्दा पीडा अहिले सहन बाध्य भएको दावी गर्दै काँग्रेसले काम गरेपनि आम नागरिकसँगको सम्वन्धलाई प्रगाढ बनाउन नसकेको स्वीकार गरे ।
भित्र पस्नुहोस

Friday, July 15, 2011

बाघको आक्रमणका कारण ज्यान गुमाएकालाई राहत प्रदान

स्याङ्जा, ३० असार । दाउरा खोज्न जङ्गलमा जाँदा बाघको आक्रमणबाट ज्यान गुमाएकी स्याङ्जाको वाङसिङ गाविस-२ निवासी ६० वर्षीया आइतकुमारी कामीका परिवारलाई राहत वितरण गरिएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका विसं २०६६ अनुसार राष्ट्रिय निकुाज तथा वन्यजन्तु संरक्षण विभागबाट प्राप्त रु एक लाख ५० हजारको चेक मृतकका परिवारलाई प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेत र स्थानीय विकास अधिकारी रामजीप्रसाद बरालले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । विसं २०६८ जेठ २० गते आइतकुमारीले बाघको आक्रमणबाट ज्यान गुमाएकी थिइन् ।

वालिङ नगरपालिकाले साउन १ बाट एकीकृत सम्पत्ति कर लगाउने

स्याङ्जा, २९ असार । वालिङ नगरपालिकाले आगामी साउन १ गतेबाट एकीकृत सम्पत्ति कर प्रणाली लागु गर्ने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको आन्तरिक राजस्व स्रोतमा वृद्धि गरी नगरपालिका क्षेत्रको विकास निर्माणका लागि थप मद्दत पुर् याउन साउन १ गतेदेखि एकीकृत सम्पत्ति कर लगाउने तयारी गरिएको वालिङ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो । स्थानीय स्वायत्त शासन ऐनमा उल्लेख भएअनुसार नेपालका ५८ वटै नगरपालिकाले आफ्नो आन्तरिक स्रोत बलियो बनाउन नगर क्षेत्रभित्र रहेका जग्गा र उक्त जग्गामा बनेका घर टहरा भवनलगायतमा तोकिएबमोजिम लगाइने करलाई एकीकृत सम्पत्ति कर भनिने कार्यकारी अधिकृत पौडेलले बताउनुभयो ।
भित्र पस्नुहोस

वालिङमा एम्बुलेन्स सेवा सुरु

स्याङ्जा, २८ असार । स्याङ्जाको वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वित्तीय सेवासँगै एम्बुलेन्स सेवा पनि संचालनमा ल्याएको छ । सो संस्थाले बैङ्किङ सेवासँगै स्वास्थ्य सेवा पनि अपरिहार्य भएकोले एम्बुलेन्स सेवा पनि संचालनमा ल्याएको जानकारी संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले दिनुभयो ।
भित्र पस्नुहोस

कास्की मुस्ताङ

स्याङ्जा, २७ असार । पोखराबाट स्याङ्जातर्फ आउँदै गरेको बसले स्याङ्जाबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइललाई आज दिउँसो फेदीखोला-२ कुखुरेखोलामा ठक्कर दिँंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार ना ३ ख ५८०० नम्बरको बसले ग ४ प ८१६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
भित्र पस्नुहोस

हँसिया प्रहारबाट वृद्धाको हत्या

स्याङ्जा, २७ असार । स्याङ्जाको वालिङ नगरपालिका-६ का ७० वर्षीया टीकाकुमारी मस्स्राङ्गी मगरको हँसिया प्रहारबाट गएराति हत्या भएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक तपनकुमार दाहालका अनुसार वालिङ नगरपालिका-८ बस्ने वर्ष ५० का दुर्गाबहादुर थापाले मस्स्राङ्गीलाई सामान्य आपसी विवादका कारण हँसिया प्रहार गरेर हत्या गरेका हुन् ।
भित्र पस्नुहोस

राम्दी पुलको मर्मत कार्य सुरु

स्याङ्जा, २७ असार । स्याङ्जा र छिमेकी जिल्ला पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको राम्दी पुलको निर्माण भएको ४० वर्षपछि अहिले मर्मत कार्य सुरु गरिएको छ ।स्याङ्जा र पाल्पा जिल्लालाई जोड्नका लागि विसं २०२८ मा निर्माण सम्पन्न भई साचालनमा आएको राम्दीस्थित कालीगण्डकी नदीमा रहेको उक्त पुलको मर्मतको ठेक्का पाएको काठमाडाँैस्थित गौरीपार्वती हिमालयन इन्जिनियरिङ कम्पनीले पुल मर्मतका काम हरु सुरु भएको छ ।
भित्र पस्नुहोस

बाँदरको हैरानी पछि कृषकहरु कफी खेतीमा

स्याङ्जा, २७ असार । वर्षभरि दुःख गरेर लगाएको खेती भित्रुउने बेलामा बाँदरले लथालिङ्ग पार्दा हैरान भएका पश्चिम स्याङ्जा सिसे्रकोट गाविसका कृषकहरुले परम्परागत खेतीलाई छोडी व्यावसायिकरुपमा कफी खेतीको सुरु गरेका छन् । कफी खेतीमा बाँदरले पनि केही बिगार्न नसक्ने महसुस गरी त्यस गाउँका सर्वसाधारणहरुले मिलेर पाखापखेरामा कफी खेती गर्न सुरु गरेका हुन् ।
भित्र पस्नुहोस

अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर प्रदान

स्याङ्जा, २६ असार । स्याङ्जाको वालिङ तथा आसपासका अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरिएको छ । रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक सहयोग तथा समुदायमा आधारित पुनःस्थापना केन्द्र सिबिआरएसको आयोजनामा जिल्लाको वालिङ नगरपालिका जगतभाज्याङ स्वरेक क्याक्मी चिन्नेवास तीनदोबाटे तुलसीभाज्याङ र जगत्रदेवी गाविसका ११ जना शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चेयर वितरण गरिएको हो ।
भित्र पस्नुहोस

युवाहरुलाई ९ लाख हस्तान्तरण

स्याङ्जा, २४ असार । जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०६७÷०६८ को युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको रकम छनोट भएका ५१ जना उद्यमीलाई प्रदान गरेको छ । जिल्लाका ठुलाडिही चण्डिभन्ज्याङ रापाकोट आरुचौर चिलाउनेबास रत्नपुर पिढीँखोला सिसे्रकोट दरौ क्याक्मी चित्रेभन्ज्याङ साँखर सेखामलगायतका २४ गाउँ विकास समितिका उद्यमी युवायुवतीलाई अनुदान रकम हस्तान्तरण गरेको जिल्ला पशुसेवा कार्यालय स्याङ्जाका प्रमुख डा कल्याणकुमार श्रेष्ठले बताउनुभयो ।
भित्र पस्नुहोस

पहिरोले पोल बगाएपछि १० दिनदेखि बिजुली छैन

स्याङ्जा, २४ असार । केही दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले बिजुलीको पोल बगाउँदा स्याङ्जाको जगतभन्ज्याङ गाविस वडा नं १ र २ का बासिन्दा १० दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । जगतभन्ज्याङ वडा नं १ स्थित स्थानीय गणेश प्राथमिक विद्यालयनजिक रहेको पोल पहिरोले बगाएपछि त्यस क्षेत्रका झन्डै डेढसय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका हुन् ।

विद्युत् सेवा अवरुद्ध भएको सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत कुनै चासो नदेखाएको गुनासो सेवाग्राहीले गरेका छन् ।
भित्र पस्नुहोस

Monday, July 4, 2011

तेस्रो वालिङ् महोत्सवमा १४ लाख नाफा

स्याङ्जा, २० असार । स्याङ्जाको वालिङ्मा गत माघ १४ देखि २३ सम्म संचालित क्षेत्रिय औधोगिक कृषि पर्यटन साँस्कृतिक सूचना प्रविधि एवं व्यापार मेला वालिङ् महोत्सव २०६७ मा झण्डै १४ लाख नाफा गर्न सफल भएको छ । हाम्रो गौरव हाम्रो शान वालिङ् महोत्सव हाम्रो पहिचान भन्ने मुलनाराका साथ वालिङ्-३ स्थित खेलमैदानमा १० दिनसम्म संचालन भएको महोत्सवमा ५१ लाख ९६ हजार आठ सय ५२ आम्दानी भएको थियो । त्यस अवधिमा भएको आम्दानीमा ३८ लाख चार हजार पाँच सय ८२ खर्च कटाएर १३ लाख ९२ हजार दुईसय ७० नाफा गर्न सफल भएको बताइएको छ । महोत्सव अवधिमा ५८ लाख ५६ हजार आम्दानी गरि १५ लाख छ हजार आम्दानी गर्ने लक्ष्य लिएका थियौं । खर्च सार्वजनिक गर्दै संघका कोषाध्यक्ष एकबहादुर गुरुङ्ले भने अनुमान गरिए भन्दा खर्च बढि भएको गुरुङ्ले बताए । शैक्षिक सामाग्री सूचना प्रविधि साँस्कृतिक कार्यक्रम कृषि मेला जडिबुटि अटोमावाई पर्यटन तथा फोटो हस्तकला बाल उद्यान प्रदर्शन गरिएको थियो । महोत्सव अवधिमा करिव १० करोड बराबरको आर्थिक कारोबार भएको बताए । झण्डै तीन लाख आन्तरिक र वाह्यि पर्यटकले महोत्सवको अवलोकन गरेका थिए ।--- दिलिपाश्री अधिकारी

Friday, July 1, 2011

आँधीखोलाले बगाएपछि बालक बेपत्ता

स्याङ्जा, १७ असार । स्याङ्जाको दासर्िङ दहथुम गाविसबाट घरतर्फ जाँदै गरेका बालकलाई आँधीखोलाले हिजो बगाएपछि बेपत्ता भएका छन् । ढापुक सिमलभन्ज्याङ- ५ का रुकुमबहादुर खत्रीका अन्दाजी ११ वर्षीय नाम नखुलेका बालकलाई आँधीखोलाले बगाएका हुन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक तपनकुमार दाहालले दिनुभएको जानकारीअनुसार बेपत्ता भएका बालकका बुवाआमा नभएकाले बालक बेवारिसे अवस्थामा हिँडिरहने गरेका थिए । उनको खोजी भइरहेको निरीक्षक दाहालले बताउनुभयो । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आँधीखोला धमिलो भएकोले खोजीकार्यमा अप्ठुरो परेको प्रहरीले जनाएको छ ।

स्याङ्जाको पिढीखोलामा दुम्सी आतङ्रकले कृषक चिन्तित

स्याङ्जा १३ असार । स्याङ्जाको पिढीखोला गाउँ विकास समिति वडा नं ३ खर् याना गाउँमा दुम्सी आतङ्क मच्चिएपछि कृषकहरु चिन्तित भएका छन् । स्थानीयवासी खगेश्वर सुनारका अनुसार उक्त गाउँको झण्डै २०÷२५ रोपनी खेत तथा बारीमा लगाएको मकैखेती दुम्सीले सखाप पारेको छ । 
"लगाएको मकै जति दुम्सीले सखाप पार्‍यो"  कृषक सुनारले भन्नुभयो- "सबै खेती जति दुम्सीले सखाप पारिदिएपछि यो वर्ष गाउँमा भोकमरी नै लाग्ने हो कि भन्ने हामी गाउँलेलाई चिन्ता परेको छ ।" सुनारका अनुसार सो गाउँका मानिसहरु विगत १५ दिनदेखि सुत्न पाएका छैनन् । "दुम्सीले गर्दा हामीहरु रातभर सुत्न पाएका छैनौं" अर्का कृषक हिमलाल सुनारले भन्नुभयो - "रातभर गाउँका सर्वसाधारण मिलेर आगोका राँकाहरु बालेर दुम्सी कुर्दै आएका छौ ।" कृषक हिमलालका अनुसार गाउँलेहरु राति सबै मिलेर पालो बाँधी दुम्सी कुरी बसेका छन् ।
खेतबारीमा गएर राति कुर्नुपर्दा बाघको समेत खतरा रहेकाले थप आतङ्कित बन्नुपरेको कृषकहरुको गुनासो छ ।

पर्यटकीय गाउँ जाने सबैभन्दा छोटो मोटरबाटो निर्माण

स्याङ्जा, ९ असार । नेपालको पहिलो नमुना ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको पाचमूल गाविस-५ स्थित सिरुबारी पुग्न जिल्ला सदरमुकामबाट सबैभन्दा छोटो दूरी मानिएको सडकको निर्माण कार्य सम्पन्न भएको छ । स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सम्झनामा निर्माण गरिएको जिपी कोइराला स्मृति सडक पर्यटकीय गाउँ सिरुबारीसम्म जोडिएको छ । नेपाल पर्यटन बोर्डको रु ३३ लाख आर्थिक सहयोगमा उक्त सडकको निर्माण गरिएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ । पुतलीबजार नगरपालिका-१२ सुम्रेखोलादेखि लाम्पाटा पुलको मुखसम्मको झन्डै डेढ किलोमिटर सडकमा भण्डार-थोडुङ्ग निर्माण कम्पनीले नाला ह्यूमपाइप ग्राभेल बिछ्याएर निर्माण कार्य सम्पन्न गरेको छ ।
भित्र पस्नुहोस

ग्याँस पसलहरुमा छड्के अनुगमन

स्याङ्जा, ४ असार । बजारमा पाइने ग्यास सिलिन्डर तथा ग्यास जडानमा प्रयोग गरिने उपकरणहरु कम गुणस्तरका पाइएको चर्चा चलिरहेका बेला स्याङ्जाको वालिडमा रहेको इलाका प्रशासन कार्यालयले आज वालिडका ग्यास पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा गुणस्तरहीन भेटिएका झन्डै एक दर्जन रेगुलेटर र १०० मिटरभन्दा बढी पाइप बरामद गरेको कार्यालयका प्रमुख केशवराज शर्माले जानकारी दिनुभयो ।बरामद गरिएका सामग्रीहरु प्रहरीको नियन्त्रणमा राखिएको र अहिले थप अध्ययन भइरहेको उहाँले बताउनुभयो । प्रशासन कार्यालयको नेतृत्वमा सरोकारवालासहितको टोलीले केही पसलमा राखिएका ढक तराजुसमेत अनुगमन गरी मूल्याङ्कन गरेको छ ।
भित्र पस्नुहोस

विदेश हिँडेका २७ नेपाली दिल्लीमा अलपत्र

स्याङ्जा, ४ असार । वैदेशिक रोजगारीका लागि हिँडेका २७ नेपाली भारतको नयाँ दिल्लीमा अलपत्रमा परेका छन् । वालिङमा रहेको ब्राइटर मुन ह्युमन रिसोस्र सर्भिसेज प्रालिबाट वैदेशिक रोजगारीका लागि युएई जान भनेर भारतको दिल्ली पुगेका २७ जना नेपाली अलपत्र परेको उनीहरुका आफन्तले बताएका छन् । युएईको दुबई सहरमा अल्मार्ट कर्पोरेसन कम्पनीमा रोजगारी लगाइदिने भन्दै स्याङ्जाका २७ जना नेपालीसँग जनही रु एक लाख ५० हजारको दरले रकम सङ्कलन गरी दुबई पठाउनका लागि लगेको म्यानपावर कम्पनीको व्यक्ति भारतको दिल्लीबाट करिब ४० लाख रुपैयाँ रकमसहित बेपत्ता भएपछि ११ दिनदेखि उनीहरु दिल्लीमा अलपत्र परेका हुन् ।
भित्र पस्नुहोस

स्याङ्जामा सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण सुरु

स्याङ्जा, ४ असार । वालिङ नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउनेहरुले बैंकबाट रकम बुझ्न थालेका छन् । यसअघि नगरपालिकाबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता वालिङस्थित नेपाल बैंक लिमिटेडबाट वितरण गर्न सुरु गरिएको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी जीवन ओलीले वालिङ नगरपालिका-३ का ९४ वर्षीय गुरुप्रसाद तिवारीलाई रु दुई हजार नगद हस्तान्तरण गरेर बैंकिङ सेवाको सुरुवात गर्नुभएको हो ।

कार्यक्रममा स्याङ्जाका स्थानीय विकास अधिकारी रामजी बरालले बैंकिङ सेवा सुरु गरिएपछि सामाजिक सुरक्षा भत्ता वितरण कार्य विश्वसनीय र प्रभावकारी हुने बताउनुभयो । चालु आर्थिक वर्षको तेस्रो किस्तावापतको सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्न थालिएको वालिङ नगरपालिकाका कार्यकारी अधिकृत प्रदीप पौडेलले बताउनुभयो । यसअघिका किस्ताहरु भने नगरपालिकाले कार्यालयबाटै वितरण गरेको थियो ।
भित्र पस्नुहोस

Thursday, February 17, 2011

स्वार्थले गठित सरकार धेरै दिन टिक्दैन: श्रेष्ठ

स्वार्थको भकारीका विचमा वर्तमान सत्ता गठबन्धनमा पुगेका दलहरु १/२ हप्ताभित्र विभाजनको रेखा कोर्छन

प्रकाश डोटेल स्याङ्जा–५, फागुन
नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले वर्तमान सरकार शक्तिको स्वार्थमा गठन भएको जिकिर गरेका छन् । उनले नेकपा एमालेको एउटा झुन्ड र एकीकृत नेकपा माओवादीका केहि नेताको स्वार्थमा बनेको सरकारको आयु त्यत्ति लामो नभएको समेत दावी गरेका छन् ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल भूतपुर्व सैनिक संघ स्याङ्जाको ५ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय सदस्य श्रेष्ठले उक्त कुरा बताएका हुन् । एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई देशको प्रशासन चलाउने स्वार्थ छ, श्रेष्ठले भने, त्यही स्वार्थ पुरा गर्नका लागि त्यी दुई एक ठाउँमा आएका हुन् ।
स्वार्थको भकारीका विचमा वर्तमान सत्ता गठबन्धनमा पुगेका दलहरु १/२ हप्ताभित्र विभाजनको रेखा कोर्छन । काँग्रेसका पुर्व केन्द्रिय उपसभापति समेत रहेका श्रेष्ठले अगाडी थपे, स्वार्थ पुराभएपछि शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पु¥याउन र तोकिएको समयमा संविधान जारी गर्न नसकेपछि प्रतिक्रान्तिकारीले काम गर्न दिएन भन्दै उनीहरु सत्ता छाड्ने छ्न ।
भित्र पस्नुहोस

ईमान्दार करदातालाई सम्मानको वातावरण मिलाउनुपर्छ

प्रकाश डोटेल स्याङ्जा–५, फागुन
देशको आर्थिक मेरुदण्डको रुपमा रहेको राजश्व संकलनलाई व्यवहारिक र प्रभावकारी बनाउन राज्यले इमान्दारीता पुर्वक कर बुझाउने करदातालाई सम्मान गर्ने वातावरण मिलाउन स्थानिय व्यवसायीहरुले आग्रह गरेका छन् । राज्यलाई इमान्दारीता पुर्वक कर बुझाउने र छलछाम गर्नेमा कुनै भिन्नता छैन् । यहाँ भएको कर सम्बन्धी अन्तरक्रियामा बोल्दै व्यवसायी भने, ईमान्दार करदातालाई सम्मान नपाएकाले व्यवसायीहरुमा कर बुझाउनमा अल्छीपन बढ्दो छ । राज्यबाट कुशल कार्यको मुल्याङ्कन भएको छैन् । त्यो अल्छीपनालाई हटाउन सम्मानको वातावरण मिलाउनु पर्छ ।
स्याङ्जाको वालिङ् उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय पोखराको संयुक्त आयोजना गरेको कर सम्वन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरुले यस्तो धारण राखेका हुन् । नेपाल सरकारले करको दायरा फराकिलो र दिगो बनाउनका लागि कर तिर्ने व्यवसायीलाइ सम्मान गर्न सकेमा मात्रै करको दिगोपना हुनेछ । 
भित्र पस्नुहोस

महायज्ञमा तीनदिनमै ४० लाख संकलन

प्रकाश डोटेल स्याङ्जा–५, फागुन
स्याङ्जाको दार्सिङ दहथुम गाविसमा रहेको दहथुम बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि बयरघारीमा मंलबारबाट शुरु भएको श्रीमद् भाग्वत ज्ञान महायज्ञको तेस्रो दिन विहिबार सम्ममा झण्डै ४० लाख संकलन भएको छ । महायज्ञ सुरु भएको तेस्रो दिनसम्ममा करिव ४० लाख आर्थिक संकलन भएको प्रचारप्रसार उपसमितिका सचिव श्यामकाजी अधिकारीले जानकारी दिए । हालसम्म कालिका सामुदायिक अस्पताल हेलुका संरक्षक एवं चाटर्ड एकाउण्टेन्ट खुमाप्रसाद अर्यालले सबै भन्दा बढि १५ लाख ५० हजार एक रुपैया दान गरेका छन् ।
दहथुम बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजना गरिएको महायज्ञ फागनु १० सम्म संचालन हुनेछ । महायज्ञ अवधिमा करिव १ करोड संकलन गर्ने लक्ष्य लिईएको मुल आयोजक समितिले जनाएका छ ।