Monday, July 14, 2008

स्याङ्जामा व्याकुल माइला सम्मानित

स्याङ्जा- राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलालाई स्याङ्जामा सम्मान गरिएको छ । सूर्योदय क्लब, स्याङ्जा साहित्य प्रतिष्ठान र सिर्जना बिसौनी साहित्यिक संस्थाको सहयोग तथा श्री शिशु निकेतन आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बृहत् कविता गोष्ठीसमेत गरिएको थियो ।सो अवसरमा प्राज्ञ सरुभक्तले देशमा बढ्दै गएको अराजक राजनीतिलाई सही बाटोमा ल्याउन साहित्यकारले आन्दोलन गर्नुपर्ने बताए । उनले भानुभक्त आचार्यको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदाको व्यवस्था गरेर साहित्यिक क्षेत्रलाई सम्मान गर्नुपर्ने धारणा राखे ।कार्यक्रममा सम्मानित माइलाले नेपाली-नेपालीबीचको भ्रातृत्वलाई एउटै मालामा उन्न गीत सफल भएको बताउँदै देश रहेमात्र हामी रहन्छौं भन्ने भावनालाई आत्मसाथ गर्न सबैलाई आग्रह गरे । साभार नयाँ पत्रिका

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home