Saturday, February 14, 2009

स्याङ्जा जिल्लाको सबै गाविसमा मोटरबाटो

स्याङ्जा, फागुन ३ - जिल्लाको सबै गाविसमा सडक पुगेको छ । जिल्ला विकास समितिको अनुदान र स्थानीयवासीको श्रमदानमा जिल्लाका ६० गाविसमा कच्ची सडक पुगेको हो । २०४९ देखि सबै गाविसलाई सदरमुकामसँग जोड्न सडक खन्न सुरु गरिएको थियो । झन्डै १ हजार किलोमिटर बाटो बनाइएको जिल्ला विकास समितिले जनाएको छ । तीमध्ये केही सडकमा कालोपत्रे गरिएको छ । करिब १ सय ३५ शाखा सडकमा जिप, ट्याक्टर र बसलगायत यातायातका साधन चल्ने गरेका छन् । गाउँमै मोटर चल्न थालेपछि स्थानीयवास्ाीको जीवनस्तरमा परिवर्तन आएको छ । दिनरात पसिना बगाउँदा पनि घर खर्च नपुग्ने ओरेस्टीकी नन्दकला पौडेलको गाउँ बाटो बनेसँगै जीवनस्तरमा सुधार आएको छ । सदरमुकामदेखि ६ घन्टा टाढा बारीका तरकारी र फलफूल सजिलै बजारमा लगेर बिक्री गर्न थालेपछि उनका दिन फेरिएका हुन् । 'बाटो बनेपछि तरकारी बेचेर महिनामा ३ हजार रुपैयाँ आम्दानी हुन्छ, घरखर्च चलाउन सजिलो भएको छ,' पौडेलले भनिन्, 'पहिला बेच्न नसकेर बारीमा कुहिएर झर्ने भएकाले नोक्सानीमात्रै हुन्थ्यो ।' बाटाले गाउँलेको जीवनस्तरमा कायापलट भएको स्थानीयवासीले बताए । 'बाटो नहुँदा समयमै अस्पताल लैजान नसकेर बिरामीको मृत्यु हुने गथ्र्यो,' प्रतिभा समूह चिलाउनेबासका अध्यक्ष मोती पौडेलले भने, 'अहिले बिरामीलाई सजिलै अस्पताल लान र उत्पादन बजारमा पुर्‍याउन सजिलो भएको छ ।' साभार कान्तिपुर

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home