Wednesday, March 18, 2009

तरुण नेता मृत फेला

स्याङ्जा, चैत ५ - नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष बाबुराम पौडेल बुधबार मृत भेटिएका छन् । पौडेल नेपाली कांग्रेस विचारी चौतार गाउँ इकाई सभापतिसमेत हुन् । विचारी चौतारा-६ स्थित आफ्नै घरनजिकको साउँडाँडा भीरको ८० फिट तल खेतमा बुधबार उनलाई मृत देखेर बच्चाहरूले परिवारलाई खबर गरेका थिए । पौडेलको भीरबाट खसेर मृत्यु भएको आशंका गरिएको छ । कांग्रेसले उनको हत्या भएको हुन सक्ने आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । मृतकको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ । पौडेलको शवमा कांग्रेस नेतासहित शुभेच्छुकहरूले श्रद्धाञ्जलि अर्पण गरेका थिए । पौडेलको शवमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङ र स्याङ्जाका पार्टी सभापति खगेन्द्रराज रेग्मीले पार्टीको झन्डा ओढाएका थिए । कान्तिपुर

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home