Wednesday, February 25, 2009

पतिको कुटाइले गुम्यो मानसिक सन्तुलन

दाइजो नल्याएको र चरित्रहीन भएको आरोप लगाउँदै आफ्नै श्रीमानले कुटपिट गर्दा एक महिलाको मानसिक सन्तुलन गुमेको छ। नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार स्याङ्जा वालिङवजार घर भएकी १८ वर्षिया विन्दु आचार्यले श्रीमान् अमृत आचार्यको कुटाइबाट मानसिक सन्तुलन गुमाएकी हुन्। निर्मम यातनाकै कारण पीडित विन्दु आफन्तहरु चिन्न नसक्ने अवश्थामा छिन्। उनमा पुराना घटनाहरु सम्झन सक्ने क्षमता भने गुमेको छैन । ´मानसिक तनाव र शारीरिक यातनाका कारण विन्दुको मनस्थिति विगि्रएको हो´ डाक्टरको भनाइ उद्धृत गर्दै पीडितका माइती परिवारले जनाएको छ । ´मेरी छोरी मलाई नै चिन्दिन। मेरा आमाबुबा काठमाडौंमा छन् भन्छे। कहाँ छु भन्ने उसलाई नै थाहा छैन। पढेको पनि बिर्सिई, लेख्न लगायो केरेरमात्र वस्छे´ आमा शान्ता ढकालले भनिन्। ´बहिनीले मलाई पनि चिनिन। कान्छी ! तेरी दिदी म ठमेलकी कल्पना दिदी भनेर चिउँडोको कोठी देखाएपछि वल्ल मानेकी छे´ विन्दुकी दिदी कल्पनाले भनिन् । उनले आफ्नी नौमहिने छोरीलाई भने चिनेकी छिन्। गत फागुन १० मा माइतीले वालिङ स्थित घर पुगेर विन्दुलाई उद्धार गरी काठमाडौं ल्याएका थिए। मेडिकेयर अस्पतालमा तीन दिनको उपचारपछि विन्दु अहिले वागबजारस्थित माईतीको डेरामा छिन् । विन्दु र अमृतको १७ असार २०६४ मा मागी विवाह भएको थियो त्यो पनि आफ्नै बाबुको दबाबमा । ´बुबाले आमा, दाइ र दिदीलाई थाहै नदिई मेरो विवाह पोखरा लगेर गराउनु भएको हो´ उनले भनिन्। तर बाबु होमनाथले भने परिस्थिति राम्रै देखेकाले छोरीको विहे गरिदिएको दाबी गरेका छन्। विवाहको भएको केही समयपछि श्रीमानले निरन्तर यातना दिंदै आएको बताउँदै उनले भनिन् ´५ फागुनको बेलुका श्रीमान् अमृतले भित्तामा टाउको ठोक्काएर कुट्दा यस्तो भयो।´

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home