Saturday, February 21, 2009

नेपाली काङ्रेस को भेला सम्पन्न

गल्याङ- नेपाली कङ्रेस तुलसीभन्ज्याङ गाबिसको आयोजनामा नेपाली कङ्रेसका सक्रिय कार्यक्रता भेला बुधवार जिमुहामा सम्पन्न गरियो । कार्यक्रममा नेपाली कङ्रेसका छेत्रीय सभापति देवीप्रशाद भट्टराइले कार्यक्रतालाई कुनै पनि समयमा बिपीको बिचार लाई नछोडी सँघर्स गर्न कार्यक्रतालाई आग्रह गर्नु भयो। भेलामा छेत्रीय सचिब लछमणप्रशाद भट्टराई, महधिबेसन प्रतिनिधि लालगोपाल अर्याल, नेपाली कङ्रेस जिल्ला सदस्य महेन्द्र श्रेष्ठ , नेपाल बिधार्थी संघ जिल्ला सभापति गुरुप्रशाद भट्टराई , सचिब टिकाराम अधिकारी , नेपाल महिला संघ तुलसिभन्ज्याङ गाउ सभापति लछ्मी ढकाल कार्यक्रता ओम नारायण अधिकारी , लीला बल्लव अधिकारी , चिरिन्जिबी कडेल लगायतले गाउ गाउमा संगठन सुद्रिढकरण गरेर जानु पर्ने र पार्टीमा यथास्तिथी बिचार परिवर्तन गरेर अगाडि बड्नु पर्ने कुरामा समेत जोड दिएका थिए । कार्यक्रमको अध्यछतामा नेपाली कङ्रेस तुलसिभन्ज्याङ गाउ बिकास समितिका सभापति पुरुसोत्तम खनालले गर्नु भएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home