Friday, October 29, 2010

माओवादी आक्रमणले कांग्रेस र एमालेका ९ कार्यकर्ता घाइते

स्याङ्जा, कात्तिक १३ स्याङजाको क्याक्मीमा गाविसको संयन्त्र बैठक चलिरहँदा गएराती एकीकृत नेकपा माओवादीका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेस र नेकपा एमालेका गरी ९ जना घाइते भएका छन्।
विद्युत सम्बन्धी विवाद चलेपछि संयन्त्रको बैठकमा भएको सामान्य भनाभनमा माओवादी कार्यकर्ताले आक्रमण गरेको कांगे्रस र एमालेले बताएका छन् ।
आक्रमणमा परी नेपाली कांग्रेस क्याक्मी गाँउ सभापति राजेन्द्र ठकुरी, एमाले गाँउ कमिटि उपाध्यक्ष नेत्र नारायण मानन्धर सहित कांग्रेसका देव कुमार मानन्धर, रामनाथ शर्मा, बलीभद्र पौडेल, बलबहादुर विक त्यस्तै एमालेका कृष्णप्रसाद सुवेदी, विष्णुवहादुर चन्द रहेका छन् ।
गाविसमा गर्न लागिएको विद्युतीकरणमा माओवादीले बुटवल पावर कम्पनीको विद्युत विना सर्त प्रयोग गर्नुपर्ने र कांग्रेस र एमालेले सामूदायिकरण गरी विद्युत लाईन विस्तार गर्नुपर्नेमा विवाद रहेको थियो ।

माओवादीले आफ्नो प्रस्ताव अस्विकार गरेको भन्दै आक्रमण गरेको कांग्रेस र एमालेले आरोप लगाएका छन् । घटनाको जानकारी पाउना साथ गएराती नै गएको प्रहरी टोलीले रातभरीको खोजी कार्यपछि लुकेर बसेको अवस्थामा आज विहान माओवादी कार्यकतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा माओवादीका ईलाका इन्चार्ज यमबहादुर विक, क्याक्मी गाँउ इन्चार्ज ईन्द्र बहादुर थापा, सह इन्चार्ज शेर बहादुर थापा, गाउँ सचिव मन बहादुर थापा, प्रेम मानन्धर दुर्गा पोख्रेल, डिल्लीराम शर्मा, विनोद हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रातभरीको सर्च अभियान पछि लुकेर बसेको ठाउँबाट माओवादी कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home