Monday, October 25, 2010

निकाश नआउने संविधानसभाको औचित्य समाप्तः गुरुङ्

प्रकाश डोटेल स्याङ्जा–८, कार्त्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्गले ठुला दलका नेताहरुले मुलुकलाई निकाश दिन नसक्ने भएकाले निकाशको थलो संविधानसभाको औचित्य समाप्त भईसकेकाले ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताउनु भएको छ। दलहरुको अदुरदर्शी क्रियाकलापका कारण अहिलेको अवस्था आएको आरोप लगाउँदै उहाँले ताजा जनादेशका लागि चुनाव गराउन दवाव दिने उद्धेश्यले पार्टीले आन्दोलनको घोषणा गरेको स्पष्ट पानुभयो।
राटि्रय प्रजातन्त्र पार्टी नेपाल स्याङ्जाको पुतलीबजार नगरस्तरीय चौथो नगर परिषदको उद्घाटन गर्दै नेता गुरुङ्ले देशमा राजासहितको प्रजातन्त्र आवश्यक भएको भन्दै राजतन्त्र र धर्म निरपेक्षताको बारेमा जनमत संग्रह गर्नुपर्ने जिकिर गर्नुभयो।
जनआन्दोलन भाग–२ का सहयात्री दलहरु मिल्न नसकेर प्रधानमन्त्री चयन हुन नसक्दा मुलुक जटिल मोडमा पुगेको दावी गर्दै उहाँले शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष क्यानटोनमेन्टमा रहेका माओवादी लडाकु व्यवस्थापनको प्रक्रिया थालनी हुन नसकेको अवस्थामा संविधान निर्माण हुन नसक्ने दावी गर्नुभयो।
संयुक्त राष्ट्र संघीय राजनीतिक मिशन अन्मीनको रेखदेखमा रहेका लडाकुका कमाण्डर नीजि भ्रमणको नाममा विदेश भ्रमण गर्नाले अत्यन्तै गम्भीर आशंका पैदा गरेको भन्दै उहाँले ठुला दलहरुको माध्यमबाट नेपालको संविधान विदेशीले बनाउन खोजेको आरोप गर्नुभयो।
काम चलाउ सरकारले बजेट ल्याउने तयारी गरेको प्रसंगमा नेता गुरुङ्ले संसदीय पद्धतिको खिलाफमा ल्याइएको बजेट कार्यान्वयन नहुँदा जवाफदेहीता कसले लिने भन्दै प्रश्न गर्नुभयो।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home