Sunday, October 10, 2010

सेतिदोभानमा २५ शैयाको सामुदायीक अस्पताल

प्रकाश डोटेल स्याङ्जा–२५, असोज
जिल्ला सदरमुकामबाट नजिक रहेर पनि उचित स्वास्थ्य सेवा पाउनबाट बञ्चित यहाँका सर्वसाधारणको सक्रियता सामुदायीक स्तरमा सेतिदोभान गाउं विकास समिति–३, सेतिदोभानबजारमा २५ शैयाको अस्पताल निर्माण हुने भएको छ।
आँधीखोला विकास तथा वातावरण स्वच्छता समूहको आयोजनामा सदरमुकामबाट करिव १० किलोमिटरको दुरीमा उत्तरी क्षेत्र सेतिदोभानमा ६ रोपनी क्षेत्रफलमा फैलिएको १२ कोठाको भवनको अस्पताल करिव ३२ लाखमा अस्पताल निर्माण हुन लागेको हो।
अस्पताल निर्माणका लागि रकम जुटाउन गतवर्षको चैत्रमा महोत्सव सम्पन्न गरियो। सामुदायीक अस्पताल विकास समितिका संस्थापक अध्यक्ष जयराम पौडेलले भने, आवश्यक रकम जुटाउन समय–समयमा चन्दा उठाएका छौं। अपुग रकम संकलन गर्न अगामी चैत्रमा महायज्ञ गर्ने तयारी गरिएको पौडेलले बताए।
महोत्सव र चन्दाबाट संकलित रकमबाट जग्गा खरिद गरिएको छ। भवन निर्माणको काम असोज मसान्तबाटै शुरु हुन्छ। जग्गाका लागि करिव १४ लाख खर्च भएको छ। भवन निर्माणका लागि करिव १० लाख अनुमान गरिएको छ।
स्थानिय स्तरमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको अस्पताललाई आवश्यक उपकरण खरिद गर्न करिव ८ लाख अनुमानित बजेट विनियोजना गरिएको छ। अस्पताल निर्माण समितिका अध्यक्ष टिकाराम ढकालले भने, ६ महिना भित्रमा अस्पताल संचालनमा ल्याउने योजना बनाएका छौं।
सर्वसाधारणलाई सामान्य स्वास्थ्य सेवाका लागि पोखरा जानुपर्ने बाध्यतामा थियो। सामुदायीक अस्पताल निर्माण हुनेभएपछि खुसी छौं। स्थानियवासी डण्डपानी ढकालले भने, कतिले त पैसा भएर पनि समयमा स्वास्थ्य उपचार पाएका थिएनन्।
अस्पताल निर्माण सम्पन्न भएपछि स्याङ्जाका उत्तरीभेगका फापरथुम, वाङ्सिङ्, पञ्चमूल, चिलाउनेबास, आरुचौर, सहित एक दर्जन गाविस र पवर्त सदरमुकाबाट पूर्वक्षेत्रका कार्किनेटा सहितका एक दर्जन गाविसका सर्वसाधारणहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउने छन्।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home