Friday, November 12, 2010

स्याङ्जामा मोटरसाईकल दुर्घटना, ३ घाईते........


Rjan Paudel पुतली बजार नगर पालीका ४ सिहालेमा दुइ मोटर साइकल शनिबार एक आपसमा ठोकिदा तिन जना घाइते भएका छन् । घाइतेहरुमा एकको अवस्था गम्भिर रहेका छ । पोखराबाट स्याङ्जा तर्फ आइरहेको ग ५ प २१५१ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आएको ग ३ प ३५४५ न...म्बरको मोटर साइकलसगँ ठोकिदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा वालिङ् नगर पालिका ९ का लोक नाथ अर्याल, दाङ् बीजौरि ३ का बिशेषण ओली र स्याङ्जाका धन बहादुर परियार रहेका छन् ।
घाइते अर्यालको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल स्याङ्जामा उपचार भैरहेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home