Saturday, February 14, 2009

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्याङ्जामा

ँएकदलीय शासन लाद्न खोजियो’ स्याङ्जा - कांग्रेस नेता शेरबहादुर देउवाले माओवादीले एकदलीय शासन लाद्न खोजेको आरोप लगाएका छन् । उनले सरकारको नेतृत्व गरेको माओवादीले अझै धम्की र आतंकको व्यवहार नत्याग्दा प्रजातन्त्र संकटमा परेको बताए । 'माओवादी धम्की र त्रासको भरमा एकदलीय शासन लाद्ने प्रयास गरिहेको छ,' नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाको शनिबार प्रथम जिल्ला अधिवेशनमा देउवाले भने, 'तर कांग्रेसले त्यसलाई कदापि सफल हुन दिने छैन ।' उनले कांग्रेसबाहेक अन्य दलले प्रजातन्त्रको रक्षा गर्न र टिकाउन नसक्ने दाबी गरे । कांग्रेसका अर्का नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री दाहालले माओवादी लडाकुको सलामी लिएर नेपाली सेनाको मनोबल गिराउने काम गरेको बताए । सरकार सक्षम नहुँदा देशमा महँगी, भ्रष्टाचार, असुरक्षा र आतंक बढेको आरोप लगाउँदै उनले त्यसको मारमा सर्वसाधारण परेको बताए । 'गृहमन्त्रीले युथफोर्स र प्रधानमन्त्रीले वाईसीएलको नेतृत्व गरेर देशमा आतंक मच्याएका छन्,' उनले भने । अधिवेशनका सहभागीले राज्य निर्माणमा योगदान गरेका मगर समुदायलाई सरकारले उपेक्षा गरेको गुनासो गर्दै हक हित ग्यारेन्टी गर्न सरकारसँग माग गरे ।
साभार कान्तिपुर

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home