Wednesday, March 18, 2009

कालीगण्डकी पुल जीर्ण

स्याङ्जा, चैत ५ - नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना निर्माण गर्दा कालीगण्डकीमा बनाइएको पक्की पुल संरक्षण अभावमा जीर्ण बन्दै गएको छ ।
श्रीकृष्णगण्डकी गाविस-९, मिर्मीमा कालिगण्डकी 'ए' जलविद्युत् परियोजना निर्माणका लागि सामग्री ढुवानीका लागि बनाएको पुल सम्बन्धित निकायले चासो नदिँदा खतरा अवस्थामा पुगेको हो ।


परियोजना बाँधभन्दा २ सय मिटर तल निर्माण गरिएको पुल कालीगण्डकीको पानीको बहावका कारण पिलर कटान गर्दै जान थालेपछि भत्कने सम्भावना बढेको

हो । उता कालीगण्डकीले ड्यामको भाग पनि कटान गर्दै गइरहेको छ । जसले गर्दा बाँध पनि खतरामा पर्दैछ ।

पुल मर्मतका लागि गुल्मी, हर्मिचौरका बासिन्दाले २ वर्ष अगाडिदेखि सरकार तथा विद्युत् प्राधिकरणलाई पटक पटक जानकारी गरी मर्मतका लागि आवाज उठाँउदा सुनुवाइ नभएको गुनासो गरेका छन् । स्थानीय बासिन्दा कृष्ण पौडेलले भने, 'पुलभन्दा तलबाट पर्खाल उठाई पानीको बहाव रोक्न सके पुल मात्र नभई बाँधको पनि संरक्षण हुन्छ ।'

दैनिक ४० देखि ५० सवारी ओहोर दोहोर गर्ने उक्त पुलबाट गुल्मीको हर्मीचौरलगायत २५ गाविसका बासिन्दाले उक्त पुलबाट सुविधा लिइरहेका छन् ।

उक्त पुलको विकल्प नभएको हर्मीचौर गाविसका निवर्तमान अध्यक्ष छविलाल पाण्डेले बताए ।


कान्तिपुर

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home