Tuesday, September 14, 2010

गरिमा बैंकले एटिएम सेवा ल्याउने तयारीमा

स्याङ्गजा २३ भाद्र
गरिमा विकास बैंकले एटिएम सेवा छिट्टै संचालनमा ल्याउने तयारीमा रहेको जनाएको छ ।
स्याङ्जाको प्रमुख व्यपारीक केन्द्रमा रहेको वालिमा स्थापना गरेर आफ्नो सेवा संचालनमा ल्याएको बैंकले स्थापना भएको करिव तिन बर्षमै एटिएम सेवा संचालनमा ल्याउने भएको हो ।
बैकले पहलोपटक स्याङ्जाको वालिङ्सदरमुकाम पुतलीबजार र पोखरामा गरि तिन ठाँउमा एटिएम सेवा संचालनमा ल्याउने बैकका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए । अध्यक्ष पाण्डेका अनुसार तिन ठाँउमा एटिएम संचालनमा ल्याउदा करिव ४० लाख खर्च हुने बताए ।
बैकका सेवाग्राहिले २४ सै घण्टा पैसाको आवश्यकता बाट बन्चित हुन नपरोस भनेर यो सेवा संचालनमा ल्याएको समेत अध्यक्ष पाण्डेले बताए । गरिमा बैकले एटिएम सेवा संचालनमा ल्याएपछि वालिङ्मा एटिएम सेवा तिन पुग्ने छ ।
गरिमा बैंकले ९ लाख ४० हजार पव्लिक शेयर खुल्ला गरेकोमा ७२ बराबरको शेयर आवेदनमा परेको बैंकका कम्पनि सचिव माधव आर्चायले जानकारी दिए । बैकले १ सय २२ करोड निक्षेप रहेको र ८९ करोड लगानी गरेको आर्चायले बताए ।
बैकले आर्थिक बर्ष ०६६÷०६७ मा ३ करोड ७१ लाख नाफा गरेको जनाएको छ । बैंक छिट्टै १० जिल्लामा आफ्नो सेवा विस्तार गर्ने अध्यक्ष पाण्डेले बताए । रुपन्देहीनवलपरासीचितवनलमजुङ्गतनहु पर्वत र बागलुङ्ग लगायतका जिल्लामा सेवा विस्तार गर्न नेपाल राष्ट्रबैकको मापदण्ड र सक्षम रहेकोले बैक यि जिल्लामा जाने तयारीमा समेत रहेको बैंकले जनाएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home