Saturday, August 21, 2010

अनेरास्ववियु क्षेत्रीय अध्यक्षमा गौतम चयन

   (लोकनाथ मरासिनी), भदौ ५ स्याङ्जा । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु क्षेत्र नं १ स्याङ्जाको क्षेत्रीय सम्मेलन पारस गौतमको संयोजकत्वमा ३१ सदस्यीय नयाँ कार्य समिति निर्माण गर्दै सम्पन्न भएको छ । सम्पन्न सम्मेलनले उपाध्यक्षमा उज्वल पनेरु सचिवमा शिवप्रसाद गौतम सह-सचिवमा चन्द्रबहादुर थापा कोषध्यक्षमा प्रतिज्ञा अधिकारीलाई चयन गरेको छ ।

सम्मेलनबाट सदस्यहरुमा कमल ढकाल विक्रम परियार रोशन परियार जनक ढकाल सिता परियार सुवास कार्की जमुना क्षेत्री दिनेश सुनाम रामु भण्डारी मुवारक मियँ अमृता लामिछाने अर्जुन सुवेदी देवेन्द्र परियार रमेश परियार रिता ढकाल सवित्री पौडेल अन्जु ढकाल सुनिता ढकाल सुरज अधिकारी सुर्य पौडललाई चयन भएका छन् ।
पुतलीबजार नगरपालिका सहित २१ गाविसहरु रहेको क्षेत्र नं। १ को क्षेत्रिय सम्मेलनमा विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रर्दशन गरीएको थियो । सम्पन्न सम्मेलनमा नेकपा एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली सभासद हितकाजी गुरुङ् अनेरास्ववियू अंचल कमीटी अध्यक्ष इमानराज पौडेल नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नारायणप्रसाद मरासिनी जिल्ला कमिटी सचिव पुण्य भुषाल उपसचिव सुधीर पौडेल जिल्ला सदस्य राजेन्द्र डुम्रे अमृत श्रेष्ठ दामोदर तिवारी जगन्नाथ भट्टराई घनश्याम सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई र सय प्रतिनिधिको सहभागिता रहेको सम्मेलन पारश गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने गंगा क्षेत्रीले स्वागत मन्तव्य र नारायणप्रसाद पौडेलले साचालन गरेका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home