Saturday, August 21, 2010

राजनीतिक निकासलाई सहकार्य र एकता आवश्यक: उपप्रधानमन्त्री कोइराला

'मुलुकको लोकतन्त्र अत्यन्तै कमजोर बन्दै गएको छ, त्यसैले बिदेशी शक्तिहरुले पनि नेपालमाथी चलखेल गरिरहेका छन्'

प्रकाश डोटेल स्याङ्जा, ५ भदौ
कामचलाउ सरकारकी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले वर्तमान समयमा देखिएको राजनीतिक अन्योलतालाई हटाउन ठुला तीन दलका विचमा सहकार्य र एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसको अगामी १२ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा पश्चात पहिलोपटक स्याङ्जा आउनुभएकी उपप्रधानमन्त्री कोइरालाले नेपालका राजनीतिक दलहरुबीच एकता नहुँदा नेपालको लोकतन्त्र कमजोर भएको बताउँदै, कोइरालाले अगाडी थप्नुभयो, राजनीतिक दलहरुबीचको आपसी मनमुटाबका कारण मुलुकमा लोकतन्त्र अत्यन्तै कमजोर बन्दै गएको छ ।
महामन्त्रीको उम्मेदवारीको प्रचार गर्न नेपाली काँग्रेस पार्टी कार्यालय स्याङ्जामा आएर कार्यक्रर्तालाई सम्बोधन गर्दै कोईरालाले उक्त कुरा बताउनुभएको हो ।
'मुलुकको लोकतन्त्र अत्यन्तै कमजोर बन्दै गएको छ, त्यसैले बिदेशी शक्तिहरुले पनि नेपालमाथी चलखेल गरिरहेका छन्' उपप्रधानमन्त्री कोइरालाले भन्नुभयो- 'त्यसैले राष्ट्रियतालाई कमजोर हुन नदिनका लागि नेपालका ठूला राजनीतिक दलहरुबीच एकताको विकल्प छैन ।'
एक अर्को प्रसङ्गमा बोल्दै उपप्रधानमन्त्री कोइरालाले नेपाली काँग्रेस अब पनि पुरानै ढाँचाले चल्न नहुने बताउँदै नयाँ पुस्ताको नेतृत्व पार्टी आवस्यक रहेको बताउनुभयो। 'पदबिना काम गर्न र पार्टी सहयोग गर्न कठीन भएकोले,मैले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुँ ।'
काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी कोइरालाले भन्नुभयो-'म महामन्त्रीमा निर्वाचित भएँ भने नेपालका ७५ ओटै जिल्लामा पार्टरी कार्यालय भवनको निर्माण गरि हरेक जिल्लाका पार्टी गतिविधिलाई कम्प्युटराइज्ड गराएर छाड्नेछु ।'
उपप्रधानमन्त्री कोईरालाले जिल्लाका कार्यक्रर्तासँग मत माग्दा केहि युवा महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुले महामन्त्री चुनाव नलडेर केन्द्रिय सदस्यमा चुनाव लड्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभाषद् इन्द्रबहादु गुरुङ, काँग्रेस स्याङ्जाका नवनिर्वाचित सभापति कमलप्रसाद पंगेनी, निवर्तमान सभापति खगेन्द्रराज रेग्मी, सचिव लक्ष्मण भट्टर्राई, कोषाध्यक्ष मधुसूदन गैह्रेलगायतका नेताहरुले उपप्रधानमन्त्री कोइरालालाई शुभकामना दिनुभएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home