Tuesday, August 17, 2010

प्रेस युनियन स्याङ्जाको अध्यक्षमा सिग्देल

(लोकनाथ मरासिनी), भदौ १ स्याङ्जा -नेपाल प्रेस युनियन स्याङ्जाको छैटौ जिल्ला अधिवेशन श्री कृष्ण सिग्देलको अध्यक्षतामा ११ सदस्यीय नयँ कार्य समिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले उपाध्यक्षमा टिकाराम अधिकारी सचिवमा राधाकृष्ण डुम्रे सहसचिमा छविलाल गैह्रे कोषध्यक्षमा भवानि अधिकारीलाई चयन गरेको छ ।

सदस्यहरुमा राजन पौडेल किसान गुरुङ् दिलिपा श्री अधिकारी बुद्धिसागर गौह्रे हरिबल्भ पाठक र विवेक अर्याललाई चयन गरेको छ । सम्पन्न अधिवेशनले केन्द्रिय प्रतिनिधिहरुमा अध्यक्ष श्रीकृष्ण सिग्देल पदेनो सदस्य रहने गरी ओमप्रकाश शर्मा प्रेमराज पौडेल इन्द्रबहादुर गोदार प्रकाश डोटेल सुरेन्द्र गौडेल प्रदिप कोइरला राधाकृष्ण डुम्रे भवानि अधिकारी जानु पंगेनि अमृत अर्याल र तरुण पौडेललाई चयन गरेको छ ।
यस अगाडि अधिवेशनको उदघाटन गर्दै युनियनका केन्द्रिय अध्यक्ष समीरजंग शाहले राज्यको स्पष्ट नितिको अभाबमा संचारकर्मिहरु असुरक्षित भएकॊ आरोप लगाउनुभएको थियो । उहाँले आमनागरिकको पक्षमा गरिएको पत्रकारीता स्वतन्त्र पत्रकारीता हुने दाबी गर्दै स्वतन्त्र निष्पक्ष र पारदर्शीता पत्रकारीताको कडी भएको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका स्याङ्जा सभापति कमल पंगेनी युनियनका महासचिब बिन्दुकान्त घिमीरे सचिब शिव लम्साल पुर्व केन्द्रिय सह सभापति गंगाधर पराजुली युनियन कास्कीका अध्यक्ष नारायण कार्की पत्रकार महासंघ स्याङ्जाका सभापति ओमप्रकाश शर्मा जिल्लाका पुर्व युनियन अध्यक्ष नारायण अर्याल नेपालि कांग्रेस स्याङ्जा महिला विभाग प्रमुख कल्पना तिवारी सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल मानवअधिकारकर्मि चन्द्र के।सी नेपाल ट्रेड युनियनका धुब्रप्रसाद पंगेनि क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष अर्जुन काफ्ले प्रेस चौतारीका अध्यक्ष हिमलाल पराजुली लिलबहादुर रनपाल अर्जनप्रसाद अर्याल पवन नेपाल रामबहादुर थापा इन्द्र गोदार लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रेमराज पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सुरेन्द्र गौडेलले राख्नुभएको थियो भने संचालन राधाकुष्ण डुम्रेले गर्नुभएको थियो । कार्यक्रममा कोषध्यक्ष भवानि अधिकारीले युनियनको आया व्यय सार्वजनिक गर्नुभएको थियो । त्यस्तै सचिव राधाकृष्णा डुम्रेले वितेको कार्यकालको समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा जिल्लामा युनियनमा अबद्ध केहि संचारकर्मि तथा पत्रकारहरुलाई कुटपिट धम्की जस्ता घटनाहरु भएको भन्दै आपत्ति समेत व्यक्त गरीएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home