Saturday, October 2, 2010

चाडपर्वमा यातायात सेवालाइ सर्वसुलभ गराउने प्रतिबद्धता

स्याङ्जा, असोज १५ - चाडपर्वमा बढ्ने यात्रीको चापलाई दृष्टिगत गरी यहाँका यातायात व्यवसायीले सेवालाई सर्वसुलभ बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार सम्पन्न यातायात व्यवसायीको भेलाले प्रचलित भाडा कायम राख्ने तथा हाललाई त्यसमा वृद्धि नगर्नेलगायत नौ बुँदे सहमति जारी गरेको छ ।
भेलामा इलाका प्रशासन कार्यालयका प्रमुख केशवराज शर्मा, वडा प्रहरी कार्यालयका प्रमुख राजेन्द्र श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक कमल गुरुङ, आँधीखोला यातायात समितिका सचिव गुणनिधि काफ्ले सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी वालिङ यातायात समितिका अध्यक्ष प्रवीण गुरुङ, पश्चिमाञ्चल बस व्यवसायी समितिका एकराज सुवेदी, गण्डकी बस व्यवसायी समितिका विजय मल्ल, पृथ्वीराज मार्ग समितिका दीपक श्रेष्ठ, मिर्दी जिप समितिका यामनारायण मानन्धर रामवाच्छा, जिप समितिका रामबहादुर एसकेलगायत यातायात व्यवसायीको सहभागिता थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home