Wednesday, September 22, 2010

बन्दिद्धारा बहिरालाई सहयोग

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा ६ - जिल्ला कारागार स्याङ्जामा रहेका कैदि बन्दीहरुले आफ्नो रासनपानि बापतको केहि रकम बचाएर जिल्लामा रहेका बहिराहरुलाई सहयोग गरेका छन् ।
स्याङ्जा बहिरा संघ मार्फत चण्डीकालिका बहिरा प्रथमिक विद्यालयमा अध्यनरत १५ जना विद्यार्थिहरुलाई उनीहरुको पढाईमा केहि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरीएको हो ।
जिल्ला कारागार स्याङ्जामा रहेका बन्दिहरुले संकलन गरेको रु आठ सय रुपैया स्याङ्जा बहिरासंघ मार्फत हस्तान्तरण गरीएको संघका अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home