Sunday, October 10, 2010

दशै नजिकिदै गर्दा बैकिङ कारोबारमा ह्वतै बृद्धि

स्याङ्जाका वित्तिय संस्थाहरुको कारोबार उल्लेख्य रुपमा बृद्धि भएको छ ।
दैनिकजसो करीव चार करोड रुपैयाँको कारोबार गर्ने नेपाल बैंक लिमिटेड स्याङ्जाले मंगलबार मात्रै सात करोड बढीको कारोवार गरेको प्रबन्धक डोलराज केसीले बताएका छन् । गतबर्ष ग्राहकको माग बमोजिम रकम भुक्तानी दिन अप्ठ्यारो परेका कारण यसपालि माग बमोजमको रकम भुक्तानी दिन सकिने व्यवस्था मिलाइएको के।सीले जानकारी दिए । बैंकले एकै ठाउँबाट भुक्तानी दिइँदै आएकोमा सेवाग्राहीको संख्यामा बृद्धि भएपछि मंगलबारदेखि तीन ठाउँबाट भुक्तानी दिने व्यवस्था मिलाएर भीड कम गर्ने कोशीस गरेको छ । पेन्शन तथा बचत खाता चल्ती तथा सरकारी र रेमिट्यान्स तथा अन्य गरी तीन वटा काउन्टरबाट नेपाल बैक लिमिटेडले सेवा सुरु गरेको हो ।
नेपाल बैंकबाट सोमबार केहीबेर माग बमोजिमको रकम भुक्तानी हुन नसकेपछि मंगलबार ग्राहकको संख्यामा बृद्धि भएको थियो । त्यस्तै अर्को धेरै कारोबार गर्ने कृषि विकास बैक शाखामा आजभोलि २० प्रतिशतले भुक्तानि बृद्धि भएको छ भने २५ प्रतिशतले डिपोजिट घटेको प्रबन्धक चुडामणी अधिकारीले जानकारी गराएका छन ।
आधा दर्जन बढी स्याङ्जाका सवैजसो वित्तिय संस्थाहरुमा तुलनात्मक हिसावले कारोवारमा बृद्धि भएको पाइन्छ । यसैबीच दैनिक एक करोड रुपैयाँको कारोवार गर्ने गरिमा विकास बैंकले मंगलबार मात्रै तीन करोड सात लाख रुपैंया भुक्तानी गरेको शाखा प्रबन्धक कृष्ण श्रेष्ठले जानकारी गराए ।
उता मुक्तिनाथ विकास बैंकका प्रबन्धक डण्डपानी ढकाल भने रेमिट्यान्सका ग्राहकहरुमा अत्याधिक बृद्धि बताएका छन् । बैकहरुमा हिजो आज खुद्रा पौसा जोहो गर्नका लागि पुग्ने ग्रहाकहरुको पनि उल्लेख्य उपस्थिति रहने गरेको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home