Sunday, October 10, 2010

दसैको मुखमा आएर जीप नचल्दा यात्रुलार्इ सास्ती

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा २० - सोमबारदोखि अवरुद्ध भएको स्याङ्जाको बाडखोला दुलेगौंडा सडक खण्ड अन्तर्गत बाडखोला नयाँबजार पौवैगौडे खण्डमा स्थानिय महिलाहरुको विरोधपश्चात जिप संचालन अनिश्चित बनेको छ ।
सहमति भन्दा बढि भाडा लिएको भन्दै स्थानियको विरोध पश्चात आफै जिप संचालन बन्द गरेर विरोधमा उत्रिएका जिप संचालकहरु स्थानिय पार्टि प्रतिनिधि र उपभोत्ताहरु विच भएको बार्तामा स्थानिय जनकल्याण समाज सुधार महिला संजालले आपत्ति जनाएपछि बर्ता कुनै निष्कर्षमा पुग्न नसकेको हो ।

 पुरानो भाडादरमा आफुहरुले जिप संचालन गर्न नसक्ने भन्दै आफुखुसी बढाइएको भाडा कायम हुनुपर्ने अडानामा जिप व्यावसायिहरु रहेकाले जिप संचालन हुन नसकेको हो । दशैको मुखमा आएर व्यावसायिहरुले गरेको यातायात बन्देले पवौगौडे ठुलाडिहि टक्सार लगायत गाविसका हजारैा सर्वसाधरण मर्कमा परेका छन् ।
जीप व्यवसायीले जिविसलो ढाँट राखि पटकै पिच्छे कर उठाएको तथा महङ्गो तेल हालेर गाडी चलाउँदा घाटा बेहोर्नु परेकाले भाडा बृद्धि नगरेसम्म आफुहरु सेवा बन्द गर्न बाध्य भएको बताएका छन् ।
जिप संचालकहरुलाई जिविस तथा प्रशासनको रोहबरमा बर्तामा बस्न आग्रह गर्दा नमानि एकलैटि व्यवार गरेको भन्दै आफुहरुले विरोध गरेको महिला संजाल इलाका नं. १ कि अध्यक्ष सिमा क्षेत्रिले जानकारी दिनुभएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home