Sunday, October 10, 2010

दशै खर्च कटाएर माहुरी तालिम

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा २५ - मैदान भाउजु समुह सिस्रेकोट स्याङ्जाका सदस्यहरुले आफुले दशै खर्च स्वरुप प्रप्त गरेको केहि रकम जम्मा गरेर गाउँलेलाई व्यवसायिक माहुरी पालन तालिम सुरु गरेका छन् । गाउँलाई कृषि पर्यटकिय क्षेत्रका रुपमा अगाडि बढाउन क्रियाशिल मैदान भाउजु समुहले सिस्रेकोट भित्रका व्यवसायिक ज्ञान नभएका माहुरी कृषकहरुका लागि प्रशिक्षण सुरु गरेको हो ।

 कार्यक्रमको आइतबार एक समारोहका विच जिल्ला कृषि विकास कार्यलय स्याङ्जाका वागबानि अधृकीत कृष्णकुमार श्रेष्ठले उदघाटन गर्नुभएको थियो । गाविस भित्रका प्रत्यक वडाका प्रतिनिधि सहित २४ जनाको सहभागिता रहेको तालिममा माहुरी व्यवसायिक युवराज चपागाईले प्रशिक्षण प्रदान गर्नुहुनेछ । तालिम ३ दिनसम्म चल्ने मैदान भाउजु समुह सिस्रेकोटका सदस्य मनोज गहतराजले जानकारी दिनुभएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home