Sunday, October 10, 2010

सडक दुर्घटनामा २ जना गम्भिर घाइते

(लोकनाथ मरासिनी) असोज, स्याङ्जा २३ - स्याङ्जाको मालुङ्गाबाट गल्याङ्गतर्फ आउदै गरेको मोटरसाईकललाई शुक्रबार राति सिद्धार्थ राजमार्गको मालुङ्गा २ मा मालबाहाक ट्रकले ठक्कर दिदा २ जना गम्भिर घाइते भएका छन् ।
विपरित दिशाबाट गइरहेको भारतिय एचआर ३७ बि ६५१० नंम्बरको ट्रकले ग २ प ५३८ को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।

 घाइते हुनेहरुमा मोटरसाइकल चालक स्याङ्जा जगतत्रदेवी ८ का ४६ वर्षे टोपबहादुर थापा र मालुङ्गा २ का वर्ष ४६ का मेघबहादुर सिंजालि रहेका छन् ।
घाइते मध्ये चालक थापाको पाल्पा मिसन अस्पतालमा प्रथमिक उपचार पश्चात काठमाडौ न्युरो अस्पतालमा रिफर गरीएको छ भने अर्का घाइतेको मिसन अस्पतालमै उपचार भै रहेको जनाइएको छ । ठक्कर दिने ट्रक र चालक पाल्पा प्रहरीको नियन्त्रणमा रहेको वडा प्रहरी कार्यलय वालिङ्ले जानकारी गराएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home