Friday, November 19, 2010

थापाको निधनप्रति एमाले स्याङ्जाद्धारा दुःख व्यक्त

(लोकनाथ मरासिनी)
स्याङ्जा, कार्तिक ३० । 

 नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सल्लाहाकार कमिटि सदस्य तथा पुतलिबजार नगरपालिकाका पुर्व मियर स्वर्गिय उमेशचन्द्र थापाकी धर्मपत्नी भारती थापाको ७० वार्षको उमेरमा आज निधन भएको छ ।

पुतलिबजार नगरपालिका वडा नं। ११ निवासी पार्टिका सदस्यहरु जिवन थापा, भुवन थापा र भुपेन्द्र थापाकी आमा समेत रहनुभएकी भारती थापाको निधनप्रति नेकपा एमाले स्याङ्जाले एक शोक विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको छ । नेकपा एमाले स्याङ्जाका सचिव पुण्य भुषलले अजा एक शोक विज्ञप्ती जारी गर्दै कम्युनीष्ट आन्दोलनमा महत्वपुर्ण योगदान पुराउने दिवंगत भारती थापा प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । यसैविच स्वर्गिय थापको पार्थिव शरिरमा आजै नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नारायणप्रसाद मरासिनी लगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरुले पार्टिको झण्डा ओडाई अन्तीम श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home