Sunday, November 21, 2010

शान्ति सम्झौता भएको ४ वार्ष पुरा

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ - 
भोलि मंङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी ले शान्ति सम्झौतामा हस्ताक्षर गर्दै मुलुकमा दिगो शान्ति र लोकतन्त्रको स्थापना गर्ने प्रतिबद्धता जनाएको ४ बर्ष पुरा हुने दिन ।

सम्झौतामा हस्ताक्षर भएको चार वर्ष बितिसक्दा पनि सम्झौतामा उल्लेख भएबमोजिम देशमा सशस्त्र द्वन्द्वलाई अन्त्य गरी शान्तिपूर्ण सहकार्यमा नयाँ अध्याय प्रारम्भ गर्ने दिशामा अहिलेसम्म उल्लेख्य प्रगति हुन नसेकेको प्रति इन्सेक स्याङ्जाले आज एक प्रेस विज्ञप्ति मार्फत सरकारका साथै राजनीतिक दलहरुको ध्यानकर्षण गराएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि निर्मला तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा विस्तृत शान्ति सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आगोग गठन गर्न द्वन्द्वकालका पीडितहरुको वास्तविक पहिचान गरी उनीहरुलाई परिपूरण र राहत उपलब्ध गराउन द्वन्द्वबाट क्षति भएका पूर्वाधारको पुनर्निमार्ण तथा पुर्नस्थापनाकालागि ठोस कदम चाल्न द्वन्द्वकालमा भएका घटनाहरुको छानबिन गरी समाजमा मेलमिलाप तथा पुर्नमिलनको लागि आधारभूत वातारण सृजना गर्न माग गरीएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home