Monday, November 22, 2010

एकृकित सत्रु जिव व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न


(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ - कारितास नेपालद्धारा संचालित दिगो कृषि बहुउद्धेशिय सहकारी संस्था पंचमुलले एकृकित सत्रु जिव व्यवस्थापन सम्बन्धि ६ महिने तालिम सम्पन्न गरेको छ ।  


धान तथा तरकारी व्यवसायलाई आधुनिकरण गर्ने, रोग किराको व्यवस्थापन तथा सचेतिकरणका लागि पंचमुल रापाकोट र आरुचौरमा २१ ओटा पाठशालाको संचालन गरी तालिम सम्पन्न गरीएको हो । २१ ओटा पाठशाला मध्ये १२ मा धान तथा १० मा तरकारीमा परिक्षण सहित तालिम गरीएको थियो । किसानको खेतबारीमै गई प्रत्येक चरणको प्रत्यक्ष अवलोकन गर्दा सत्रु जिव व्यवस्थापन प्रविधिबाट तरकारीमा ३०० प्रतिशत सम्म र धानमा ६० प्रतिशत सम्म उत्पादनमा बृद्धि भएको देखिएको जनाइएको छ ।
आधुनिक कृष प्रणलिको विकास गर्दै जिवन स्तर परिवर्तनका लागि आफुहरुले तालिम प्रदान गरेको प्रमुख प्रशिक्षक लक्ष्मी शर्माले बताउनुभयो । तालिमको सहजिकरण सिता शर्मा ढकालले गर्नुभएको थियो । ६ महिनासम्म संचालन गरीएको पाठशालको औपचारीक रुपमा आज समापन देवी प्रवि रापाकोट ८ मा सम्पन्न भएको हो । जिल्ला कृषि विकास कार्यलय स्याङ्जा साँगको सहकार्यमा दिगो कृषि बहुउद्धेशिय सहकारी संस्था पंचमुलले कार्यक्रमलाई अगाडि बढाएको त्यहाँबाट नारायण काफ्लले जानकारी दिनुभएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home