Tuesday, December 7, 2010

विद्यालयलाई कम्युटर हस्तान्तरण

लोकनाथ मरासिनी स्याङ्जा १७ मंसिर
विभिन्न सामाजिक तथा शैक्षिक कार्यहरुमा सहयोग पुराउदै आएको स्याङ्जा सहयोग समाज दोहा कतारले स्याङ्जाको रणजनहित उच्च मावि त्रियासी खहरेलाई कम्युटर हस्तान्तरण गरेको छ । विद्यालयको शैक्षिक स्तर सुधारका लागि समाजल...े विद्यालयलाई १ थान कम्युटर तथा टेबुल फ्यान समेत हस्तान्तरण हो । समाजका अन्तराष्ट्रिय समन्वय समिति स्याङ्जाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले कम्युटर हस्तान्तरण गरेका हुन् । जिल्लाका विभिन्न विद्यालयहरुमा यस अगाडिनै समाजले विभिन्न किसिमा आर्थिक तथा भौतिक सहयोगहरु गर्दै आएको छ ।

समाजले कतारमा रोजगारका क्रममा ज्यान गुमाएका परिवारका सदस्यहरुलाई समेत आर्थिक सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
समाजले छिटै जिल्लाकै ठुलो सामुदायिक अस्पताल कालिका सामुदायिक अस्पताललाई पनि एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी गरेको छ ।
कम्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रचार्य बाबुराम नेपाली, स्याङ्जा सहयोग समाज दोहा कतार अन्तराष्ट्रिय समन्वय समिति स्याङ्जाका सदस्यहरु प्रकाश परियार, लक्ष्मण अधिकारी लगायतले बोलेका थिए ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home