Monday, November 22, 2010

फोटो सहितको नामावली संकलनमा कुल मतदातामध्यबाट आधाभन्दा कम सहभागि


(लोकनाथ मरासिनी) 
स्याङ्जा, मंसिर ६ - 
जिल्ला निर्वाचन कार्यलय स्याङ्जा मार्फत २०६७ साल भदौ ५ गतेदेखि कार्तिक २९ गतेसम्म संचालन भएको नामावली संकलन कार्यमा पुतलिबजारबाट १३ हजार ३ सय ३७ र वालिङ्बाट ९ हजार २ सय ६२ गरी २२ हजार ५ सय ९९ जनाले फोटो खिचाएका हुन् । 
देशका विभिन्न जिल्लाहरुमा लागु भएको पहिलो चरणको मतदाता नामावलि संकलन कार्य अन्र्तगत स्याङ्जाका २ नगरपालिकाका सम्पुर्ण वडाहरुमा ३३ केन्द्रहरुबाट मतदाता नामावलि संकलन गरीएको थियो । जिल्ला निर्वाचन कार्यलय स्याङ्जाको नामावली दर्ता विवरण तथ्याकं अनुसार २०६३ को मतदाता संख्याका आधारमा फोटो सहितको मतदाता नामावलि संकलन कार्यक्रमा सहभागि हुने मतदाताको संख्या भने आधाभन्दा पनि कम देखिएको छ । 
दुबै नगरपालिकामा गरी २०६३ को मतदाता संख्या ४५ हजार १ सय ५८ रहेकोमा फोटो खिचाउने मतदाताको संख्या २२ हजार ५ सय ९९ सय मात्रै रहेको छ । साथै दुबै नगरपालिकाबाट फोटो सहितको मतदाता नामावलि संकलन कार्यक्रममा छुट भएकाहरुको जिल्ला निर्वाचन कार्यलय स्याङ्जा मार्फत अहिलेपनि संकलन कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यलय स्याङ्जाले जनाएको छ ।
स्याङ्जाका दुईओटा नगरपालिकामा संचालित फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा जिल्लाका दुई नगरपालिकाका २२ हजार ५ सय ९९ जना मतदाता सहभागि भएको जिल्ला निर्वाचन कार्यलय स्याङ्जाले जानकारी दिएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home