Saturday, December 11, 2010

राज्यमन्त्री भट्टराईद्वार कालीगण्डकी ए को निरीक्षण

स्याङ्जा २३ मङ्सिर -
ऊर्जा राज्यमन्त्री चन्द्रिसंह भट्टराईले पश्चिम स्याङ्जाको कृष्णगण्डकी गाविसमा रहेको नेपालकै ठूलो जलविद्युत गृह कालीगण्डकी एु बाँध र उत्पादन गृहको आज बिहान निरीक्षण गर्नुभयो ।
 कुल १४४ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको विद्युत् गृहको निरीक्षण गर्दै राज्यमन्त्री भट्टराईले इमान्दारिताका साथ छिटो र छरितोरुपमा प्राविधिक समस्याको समाधान गर्न कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो । उहाँले कर्मचारीहरुको मनोबल बढाउनका लागि सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउन लागेकोसमेत जानकारी दिनुभयो ।
 निरीक्षणका क्रममा राज्यमन्त्री भट्टराईलाई नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए जलविद्युत विभागका प्रमुख चन्द्रकान्तलाल दासले त्यहाँको गतिविधि र प्राविधिक कुराहरुको जानकारी गराउनुभएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home