Wednesday, December 8, 2010

जलमाफियाहरुले काम गर्न नदिदा लोडसेडिङ बढ्यो -उर्जा राज्यमन्त्री

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर २२ - 
देशमा बढ्दै गएको लोडसेडिङ्गलाई कम गर्न सरकारले विभिन्न योजना ल्याएपनि जलमाफियाहरुले काम गर्न नदिएको उर्जा राज्यमन्त्री चन्द्रिसं भट्टराईले आरोप लगाएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ पश्चिमाञ्चलको सातौ क्षेत्रिय अधिवेशनको उद्घाटन गर्दै राज्यमन्त्री भट्टराईले बुधबार स्याङ्जामा उक्त कुरा बताउनु बताएका हुन् ।
देशमा संविधान बन्न र सरकार गठनको प्रकि्रयाले पुर्णता नपाउनुमा माओवादी र नेकपा एमाले दोषि रहेको उनको भनाई छ । उनले माओवादीले लोकतान्त्रिक धारलाई नीतिगत रुपमा स्वीकार नगरेसम्म देशले निकास नपाउने बताए ।
माओवादीसँग हालसम्म हतियारको दम्भ रहेको स्पष्ट पार्दै राज्यमन्त्री भट्टराईले जबसम्म माओवादीसँग हतियारका दम्भ रहन्छ तवसम्म उनीहरु लोकतान्त्रि नहुने जिकिर गरे । स्वच्छ प्रशासन सक्षम व्यवस्थापन आजको आवश्यकता संस्थागत र कर्मचारी हकहित हाम्रो प्रतिवद्धता भन्ने मुलनाराका साथ जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका-१ स्थित बालमन्दिरमा शुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home