Tuesday, December 7, 2010

शिव मन्दिरबाट मुर्ती चोरी

प्रकाश डोटेल स्याङ्जा–२२, मंसिर
वैष्णव धर्मालम्बीको केन्द्रिय कार्यालय रहेको पबित्र तिर्थस्थल स्याङ्जाको साँखर गाविस स्थित केलादीघाटको शिवालयमा रहेको मुत्र्तिसँगै बिभिन्न सामाग्री चोरी भएको छ । स्याङ्जा जिल्लाको दक्षिण पुर्वी गाबिस साखँर गाउँ बिकास समितिको वडा नम्बर–८, मा रहेको शिवालय मन्दिरमा रहेको भगवानका मुत्र्ति, अङखोरा, संङख र कमण्डलु चोरी भएको हुन् । चावी लगाएको मन्दिरको ताला फोरेर रातको समयमा मुत्र्ति चोरी भएको मन्दिरका पुजारी अमर पुरीले जानकारी दिए ।
२०३२ सालमा मन्दिर निमार्ण गरी मुर्ति प्रतिस्थापन गरिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिरको मुत्र्ति लगायत पुजा पाठमा प्रयोग गरिने सामाग्री चोरी भएको हो । चोरीमा संलग्नको खोजी भएको प्रहरीले बताएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home