Friday, December 31, 2010

निर्माणको सुनिश्चितता छैन्- बस्नेत

(लोकनाथ मरासिनी)
स्याङ्जा, पौष १६ - 
 नेपालि कांग्रेस केन्द्रिय सदस्य तथा महिला संघ केन्द्रिय अध्यक्ष अम्वीका बस्नेतले लोकतन्त्रका आधरभुत सिद्धान्तहरुमा दलहरुविच मतभेद कायमै रहेकाले संविधान निर्माणको सुनिश्चितता नभएको बताउनुभएको छ ।
 ३५ औं राष्टिय मेलमिलाप दिवसाका अवसरमा नेपालि कांग्रेस स्याङ्जाले आज सदरमुकाम स्याङ्जा बजारमा अयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले माओवदी सेना समायोजन पुर्नस्थापना र हतियार व्यवास्थापन नहुदासम्म लोकतान्त्रीक संविधान बन्नै नसक्ने ठोकुवा गर्नुभएको हो ।
बस्नेतले संविधान निर्माण नगरी माओवदीले राजसंस्था जस्तै अर्को तानाशाहाको परिकल्पना गरेको बताउदै कांग्रेसले लोकतान्त्रीक संविधान निर्माणका लागि लिएका अडानहरु कुनै पनि हालतमा नछाडने अठोट समेत व्यक्त गर्नुभएको थियो ।
दिगो शान्ति लोकतान्त्रिक संविधान हाम्रो अभियान भन्ने नाराका साथ अयोजित कार्यक्रममा नेपालि कांग्रेस महासमिति सदस्यहरु तुलसी गिरी शिवकुमार गिरी राजु थापा लागायतले बोल्नुभएको थियो । जिल्ला सभापति कमल पंगेनिको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कोषध्यक्ष मधुसुधन गैह्रे र संचालन सचिव लक्ष्ामणप्रसाद भटट्रईले गर्नुभएको थियो । 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home