Monday, December 20, 2010

सिरुबारी होमस्टे तालिम केन्द्र बन्ने

प्रकाश डोटेल स्याङ्जा–५, पौष
पर्यटन वर्ष २०११ लाई ध्यानमा राखेर नेपालको पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी होमस्टे तालिम केन्द्र बन्ने भएको छ । आवश्यक पुर्वाधारको अभावमा स्थानिय पर्यटक व्यवसायी गाउँ छाडने क्रम बढेको थियो । सिरुबारीलाई होमस्टे तालिम केन्द्र घोषणाको तयारीसँगै आवश्यक पुर्वाधार बन्नेमा व्यवसायी थप आशावादी भएका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पहलमा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सिरुबारी होमस्टे तालिम केन्द्र बन्ने भएको संघका अध्यक्ष दिपक लम्सालले बताए । पर्यटन मनत्रालयले केहि दिनभित्रमा केन्द्र घोषणा हुने लम्सालले बताए ।
 तालिम केन्द्रका रुपमा औपचारिक घोषण भएपछि सिरुबारी गाउँमा देशका विभिन्न भागमा संचालनको तयारीमा रहेका ग्रामीण पर्यटक क्षेत्रका व्यवसायीहरु समुह–समुहमा आउनेछन् । नेपाल भ्रमण वर्ष १०९८ को समयमा सिरुबारीमा थालिएको होमस्टे अवधारणाको अवलोकन तथा अनुशरण गर्दै व्यवसायीले तालिम लिने छन् ।
सिरुबारी नेपालकै पहिलो होमस्टे तालिम संचालन भएको क्षेत्र हो । त्यहाँ स्थानिय स्तरमा उत्पादीत कृषिजन्य बस्तुको प्रयोगमा पर्यटकलाई मनपर्ने खानाका परिकार बनाउने गर्दछन् ।
ग्रामीण स्तरमा पर्यटकको खानपान र बसोबासको प्रबन्ध मिलाउनेलाई होमस्टे भन्ने गरिन्छ । केन्द्र बन्ने भएपछि स्थानिय पर्यटन व्यवसायीमा उत्साह छाएको छ । सिरुबारी ग्रामीण पर्यटन मोडलमा देशका अन्य पर्यटक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने कार्य जारी छ ।
सिरुबारीको थप प्रचार हुने भयो । स्थानिय पर्यटन व्यवसायी बबरसिंह गुरुङ्ले भने, अब आन्तरिक तथा बाह्यि पर्यटकको आगमनमा बृद्धि हुने छ । गुरुङ्ले थपे, होमस्टे तालिम केन्द्र सिरुबारीको राम्रो पहिचानको अवसर पनि हो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home