Monday, December 13, 2010

सिरुवारीमा स्वास्थ्य पर्यटक गाउँको विकास विषयक पाचँ दिने तालिम सम्पन्न

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर २६ - 
नेपालको पहिलो पर्यटकीय गाँउ सिरुवारीमा देशमै पहिलो पटक नमुना स्वास्थ्य पर्यटक गाउँको विकास विषयक पाचँ दिने तालिम सम्पन्न भएको छ । पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरगतको समिति तारा गाउँ विकास समितिको अयोजनामा संचालित तालिममा ग्रमिण पर्यटनको विकास होमस्टे हर्बलथेरापि लगायतकाका विषयमा प्रशिक्षण प्रदान गरीएको हो ।
तालीमको समापनमा जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपालको पहिलो पर्यटकीय गाउँ सिरुवारी पहिलो नमूना स्वास्थ्य पर्यटकी गाउँ बन्नेमा विश्वास व्यक्त गर्दै सबैले सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

सिरुबारी पर्यटन विकास समितिका २७ जना सदस्यहरुको सहभागिता रहेको तालिममा पर्यटन विकासका लागि आगमी ५ बर्षका लागि कार्ययोजना तयार पारि सोही अनुसार कार्य गर्ने सहभागिहरुले प्रतिवद्धता जनाएका छन् । पर्यटन विकास निति अन्तरगत नेपाल सरकारले कृषि स्वास्थ्य र खेल गरि तीनवटा क्षेत्रमा बर्गिकरण गरेकोमा स्वास्थ्य पर्यटन अन्तरगत स्याङ्जाको सिरुवारी लम्जुङको घलेगाउँ र रोल्पाको जलजला छानिएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home