Sunday, December 19, 2010

तेस्रो वालिङ महोत्सव माघ १४ देखि

स्याङ्जा- हाम्रो गौरव हाम्रो सान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा तेस्रो वालिङ महोत्सव आयोजना हुने भएको छ।

वालिङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १४ देखि २३ गतेसम्म १० दिन महोत्सव चल्नेछ। वालिङआसपासका गाविसहरुको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योगव्यापार शिक्षा स्वास्थ्य कृषि पर्यटन तथा संस्कृति आदिको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष ल्या। यामबहादुर गुरुङले बताउनुभयो। महोत्सवमार्फत व्यापार व्यावसाय उद्योग धन्दा र उत्पादनलाई प्रवद्र्धन गर्नु महोत्सवको उद्देश्य रहेको छ।
 जिल्लाको व्यापार औद्योगिक तथा पर्यटन विकास गर्न पर्यटनवर्षको शुरुआतसँगै यो महोत्सवको आयोजना गरिएको महोत्सव प्रचार-प्रसार समितिका संयोजक अर्जुन खनालले बताउनुभयो। महोत्सवमा बाल-उद्यान पर्यटन कृषि तथा व्यापार मेला सांस्कृतिक कार्यक्रम स्थानीय भेषभूषाको प्रदर्शनी अन्तरमाध्यामिक विद्यालयस्तरीय नृत्य दोहोरी गीत प्रतियोगिता राष्ट्रिय लोकदोहोरी आधुनिक तथा हास्य कलाकार मुख्य आकर्षण रहनेछन्।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home