Monday, March 23, 2009

भालुपहाडमा सवारी दुर्घटना

१५ घाइते स्याङ्जा -कास)- सदरमुकाम पुतलीबजार नगरपालिका-७ भालुपहाडमा सोमबार मध्याह्न सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । पोखरबाट आउँदै गरेको ग१ख ३०२० नंको मिनिबस र विपरीत दिशाको ग१ख २७४८ को बस एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनेमा पर्वत लंखुदेउरालीका चालक डिलबहादुर विक, मिनिबसका चालक स्याङ्जा सेतीदोभानका लीला थापा, सहचालक काइला मगर र यात्रु रामप्रसाद पोख्रेल भएको प्रहरीले बताएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home