Tuesday, May 4, 2010

गाई काट्दै गरेका ११ जना रङ्गेहात पक्राऊ

         स्याङ्जाको वालिङ नगरपालिका– ११ जामुने भन्ने ठाँउमा गाई काट्दै गरेका ६ जना महिला ३ बालक र २ पुरुष सहित ११ जनालाई प्रहरीले रङ्गेहात मासु सहित पक्राऊ गरेको छ। पक्राऊ पर्नेहरुमा ३ जना बालक सहित स्याङ्जा जिल्ला थुमपोखरा ९ कोखेका ३८ वर्षिय गोपाल सार्की, १३ वर्षका अशोक सार्की, १२ वर्षका सूर्य सार्की,२८ वर्षका सरीता सार्की, ३० वर्षकी नरमाया सार्की, ३१ वर्... See moreषकी फूलमाया सार्की, ६० वर्षकी डल्ली सार्की, ५८ वर्षकी हरिमाया सार्की, १४ वर्षका अर्जुन सार्की, वालिङ नगरपालिका ११ का ४६ वर्षका मेघबहादुर सार्की र उनैकी श्रीमती ३५ वर्षिय जैशरा सार्की रहेका छन्।

गाई काट्दै गरेको अवस्थामा गएराती स्थानीय वासिन्दाहरुले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर उनीहरुलाई पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले बताएका छन्। वालिङ नगरपालिका ११ का स्थानिय शिव थापामगरको घरबाट पाल्नका लागि लगेको गाईलाई उनीहरुले बाटोमै काटेका थिए। अभियुक्तहरुले विगतमा पनि गाई काटेर सुकुटी लगायत अन्य मासुजन्य परीकार बनाएर बिक्री वितरण गर्दै आइरहेको प्रहरीलाई बयान दिएका छन्।
अभियुक्तहरुलाई मुलुकी ऐनको चौपाया महल अन्तर्गत कारबाही गरिने छ। प्रहरी निरिक्षक श्रेष्ठका अनुसार–'यसैबीच हिन्दु राष्ट्र स्वयंसेवक संघले प्रेस विज्ञप्ती प्रकाशित गरि घटनाप्रति आपत्ति प्रकट गरेको छ।

Syangja स्याङ्जा

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home