Saturday, May 1, 2010

फगत समय !!!!

लेखक: " दूर्जय चेतना"
       समय मानिसको त्यो लक्ष रहेछ जो आफैमा अनेकौ यात्राहरु बोकेर र आफैमा अनेकौ उपाख्यानहरु लिएर हिड्ने गर्छ। जीवनको त्यो दौड समयले गर्दा हो वा समय जीवनले गर्दा हो, त्यसको लेखाजोखा समयलाईनै अनेकौ पटक छोड्नु पर्ने हुन्छ सायद। यात्राका अनेकौ ढंगहरु र बाटाहरु हुदा हुदै समयलाई निकै रमाईलो सगँ लिने र यसको ब्याख्या गर्ने गरिन्छ सायद र यसको उपमा जे दिए पनि यो एउटा बिल्कुलै “फगत समय” हुने गर्छ। चार टुक्रा फेरि आफ्नै गाउँ ठाउँको लागि र मैले यहाँ राखिदिए। आफ्नो ठाउँ र समय चाहेर पनि सघै आफ्नो हुदो रहेनछ त्यसैले समय सगँ सानो गुनासो पनि छ र छैन पनि।
फगत समय

निमेष याद (हेर्नुस न याद पनि निमेष रे)
छट्पटी र साधना
फगत असफल प्रयास
जोडिदै बाङ्गिदै र भाँचिदै समय!

जीवन दर्शन
उचेराइ र बोध
फगत अनुत्तरित उत्तर
लेख्दै, केर्दै र च्यातिदै समय!!

समय ज्ञान
अलक्षित र पर्खाई
फगत निर्जिव चाल
धुमाईदै, फन्किदै र बस्दै समय!!!

मृत्यु दर्शन
सुखी र शान्त
फगत अनिमेष यात्रा
छुट्टिदै, टुक्रिदै र भोग्दै समय!!!!

11 Comments:

Blogger आश्मा said...

फगत समय! हो नि फगत र वलवान पनि ! मात्र चार टुक्रा तर लाग्छ चारवटा कितावको सारांश हो यो :)

May 1, 2010 at 9:54 AM  
Blogger Prabesh said...

बुझ्न नसकिने कुरा.....समय....

May 1, 2010 at 6:50 PM  
Blogger Dilip Acharya said...

मानव जीवनका सम्पूर्ण आरोह-अवरोहका मानक वा सम्पूर्ण गति समयबाटै नापिने भएकाले समय वलवान । तर भनिन्छ समयको पनि आफ्नै गति हुन्छ र समय पनि आफ्नो गतिलाई छोड्न सक्दैन त्यसैले समय वलावान हुँदाहुँदै पनि 'फगत' हुन पुग्छ सायद ।

छोटा केही शब्दहरुमा गहिरो जीवन दर्शन !

(केही कुरा टेम्प्लेटको वारेमा पनि राख्दैछु अन्यथा नलिनु होला । कालो व्याकग्राउण्डमा सेतो अक्षर फोटो ब्लग वा भिडियो व्लगलाई राम्रो भए पनि 'टेक्स्ट बल्ग' मा भने आँखै खाने हुन्छ जस्तो लाग्छ मलाई। हुन त यो नितान्त मेरो व्यक्तिगत विचार हो तर यसतर्फ पनि सोच्नु होला :)

May 1, 2010 at 7:03 PM  
Blogger दूर्जेय चेतना said...

मलाई पनि दिलिपजीको कुरामा सही लाग्यो। कालो ब्याकग्राउन्ड भएको ले निकै गाह्रो जस्तो भएको छ पढ्नलाई। अजिज भाईले यो कुरामा ध्यान दिनु पर्ला। बल्गको टेम्पेल्टको बारेमा भर्खरै मात्र दिलिपजीको बल्गमा जानकारी राखिदिनु भएको छ, यसलाई एक पटक हेर्न म पनि सल्लाह दिन्छु।

May 1, 2010 at 8:14 PM  
Blogger Unknown said...

कमेन्ट को लागि सबैलाई धन्यबाद बिशेस दुर्जेय चेतना दाजु लाई अनि दिलिप सर को कुरा लाई बिशेष महत्वका साथ लिन्छु र म सुधार्ने कोसिस गर्छु साथै अन्य सुझाब को अपेछा राख्दछु |
"साइबर स्याङ्जा"

May 1, 2010 at 11:29 PM  
Blogger Jitendra Malla said...

समयको परिभाषा यती कम शब्दमा । अती नै मन पर्‍यो कविता । साधुवाद कविलाई ।

May 2, 2010 at 1:50 AM  
Blogger Shiva Prakash said...

"उचेराइ"
मित्र दुर्जेयजी यो शब्दले मेरो मथिंगल खाइरहेको छ । कवितामा दाशर्निक भाव झल्कन्छ। मलाइ यस्तै छोटा र दार्शनिक शैलीका कविता मन पर्छन्, नकि शब्दको अनावश्यक बोझ ।
धन्यवाद ।
शिव प्रकाश

May 3, 2010 at 6:21 AM  
Blogger दूर्जेय चेतना said...

शिब जी धन्यबाद!!
मैले यो शब्द "उचेराइ" (उचेर् ‌+ आइ)ना. अर्थात उचेर्ने काम वा ढङ्ग अर्थात साधारण रुपमा उधारिनु को अर्थमा प्रयोग गरेको हु। जीबन जतिसुकै टालिएको होस वा साजसज्जाले भरिएको होस समयले प्वाल पार्ने कुरा को बोध हुनु पर्छ भन्ने अर्थमा राखे है। नमिलेको भए माफ पाउँ..

May 3, 2010 at 9:05 AM  
Blogger दिनेश राज said...

Durjaye jee kaa lekh hos ya kabita jeevan ,darshan ra chetana kassiyekaa hunchhan . Yo kabita le samayalai prastut gareko dristikon sahrai man paryo . Chhoto gahan ani mitho kabita .

May 4, 2010 at 2:20 AM  
Anonymous Bed Nath Pulami said...

जेहोस निअकै रंगरोकन गर्न भ्याउनु भएको रहेछ थोरै शब्द्द्रारा ति हरफहरुमा !
मलाइ लाग्छ समय फगत छैन त्यसलाई हाम्रा क्रियाकलापहरुले फगत बनाइएका हुन !
हरेक समय महान र महत्वपूर्ण रहेको हुन्छ , त्यसलाई कस्तो रुपमा सदुपयोग गर्ने हो त्यो त हामि मै निर्भर रहेको हुन्छ होइन र ?

May 10, 2010 at 3:25 AM  
Blogger archana said...

fagat jiudai mardai!!!fagat samaye

May 11, 2010 at 3:06 AM  

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home