Friday, April 30, 2010

स्याङ्जामा आन्दोलनको डरले खर्चको जोहो

          स्याङ्जा-, वैशाख १७ - माओवादीले अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेपछि सर्वसाधरण खर्च र पैसाको जोहो गर्न तिर लागेका छन् । आपत्तिको ठूलै संकेत दर्साउने गरी नेपाल वैंकमा पेन्सिन बुझ्नेको भिड थियो ।
पैसा लिन पुतलीबजारको नेपाल वैंकमा लाईन बसेका ओरष्टेका धन बहादुर गुरुङले भने 'अव बन्द हुन्छ रे त्यसैले खानै नपाईएला भनेर आएको ।'
२९ गतेसम्म बुझ्न पाईने पेन्सिन लिन गाँउ-गाँउबाट मानिस झरेका थिए । सधै १० देखि १०० जनासम्मले पेन्सिन बुझे पनि दुई दिन यता दिनमै ४ सय पुग्ने गरेको नेपाल वैंकका शाखा प्रवन्धक डोलराज केसीले बताए । उनले भने 'पछि नपाईने हो कि भन्ने डरले बन्द पहिले नै पैसा झिक्न आएका छन् ।'
शुक्रबार १२ बजे नै खाता बन्द हुने भए पनि मानिसको चाप बढेको कारण २ बजेसम्म सुविधा दिईएको केसीले बताए । यहाँबाट २५ सय जनाले पेन्सिन बुझ्छन् ।
आन्दोलनको हल्लाले वैंकमा मात्र हैन खाद्यन्न जम्मा गर्नेको संख्या झन बढेको छ । १९ दिने आन्दोलन सम्झदै सामान किन्न आउने दोव्वर बढेको एविसी सपिङ सेन्टर पुतलीबजारका सञ्चालक बदि्र श्रेष्ठले बताए । उनले भने 'बन्दमा खानाको लागी सामान जम्मा गर्न लैजाने बढेका छन् । सोहि सपिङ सेन्टरमा भेटिएकी गिता रेग्मिले भनिन 'बन्द भन्छन् त्यसैले सामान लिन आएको ।'
चाडै खुल्ला रकिनेर खान पाईएला भन्नेमा आफुईलाई विश्वास नभएको उनले बताईन् । भनिन 'फेरी पहिले १९ दिन जस्तै भयो भने कस्को के भर ?' नेताहरु प्रती विश्वास नभएको बताउँदै किनेर खान समेत नपाउने बनाएकोमा उनले गुनासो गरीन् । पहिले मानिसहरु सकिएपछि किन्ने गर्थे अहिले जम्मा गरेर राख्न लगेको श्रेष्ठले बताए ।
चामल, दाल, नुन र गेडागुडी, ग्यास लगाएतका अत्यावश्यक सामान धेरै दिनका लागी जम्मा राखेका कारण ती समानको बजारमा अभाव हुन थालेको छ । कल्पना शर्माले भनिन 'चिनि किन्न गएको पाईएन् ।'


बसन्ती बाँस्तोला (Kantipur)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home