Saturday, December 11, 2010

स्याङ्जाली विद्यार्थि नेताहरु सम्मानित

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर २५ - 
 नेकपा एमाले निकटको विद्यार्थि संगठन अनेरास्ववियुको २० औ राष्ट्रिय सम्मेलनमार्फत विजयी भएका स्याङ्जाका विद्यार्थि नेताहरुलाई शनिबार काठमाडौमा सम्मान गरीएको छ । नेकपा एमाले स्याङ्जा काठमाडौ सम्पर्क मञ्चको अयोजनामा काठमाडौको आर आर क्याम्पसमा उनिहरुलाई सम्पन्न गरीएको हो ।
 अनेरास्ववियु केन्द्रिय महासचिव किशोर विक्रम मल्ल र केन्द्रिय सदस्य घनश्याम सुवेदीलाई प्रमुख अतिथि एमाले पोलिट व्युरो सदस्य छविलाल विश्वकर्माले खादा र सम्मान पत्र सहित सम्मानित गरेका हुन् । सहिद गुप्तबहादुर विर्शकर्माको नवै स्मृत दिवसका अवसरमा रत्तदान कार्यक्रम समेत सम्पन्न भएको थियो । नेकपा एमाले स्याङ्जा काठमाडौ सम्पर्क मंञ्चका अध्यक्ष खिमानन्द सिग्देलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको काठमाडौबाट विशाल गौतमले दिएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home