Friday, December 31, 2010

गरिमाद्धारा गल्याङ्गमा पनि एटिएमा सेवा संचालनमा

(लोकनाथ मरासिनी)
स्याङ्जा, पौष १६ - 
 स्याङ्जाको वालिङमा २०६४ सालमा स्थापना भएको गरिमा विकास बैंक लिमिटेडले गल्याङ बजारमा पहिलो ATM सेवा संचालनमा ल्याएको छ । आज गल्याङमा आयोजित एक कार्यक्रमका विच संस्थाका अध्यक्ष जलेश्वर पाण्डेयले ATM सेवा संचालनको सुरुवात गर्नुभएको हो । उहँले सेवाको उद्घाटनका गर्दै गाउँ देखि शहरसम्म आधुनिक बैकिङ सेवा उपलब्ध गारउने आफ्नो लक्ष्मा अगाडि बढिरहेको जानकारी दिनुभएको थियो ।
 स्थापनाको ३ बर्षमा बैंकले स्याङजा, कास्की र पाल्पाका विभिन्न स्थानहरुमा ७ ओटा शाखा मार्फत सेवा प्रदान गरेको छ । बैंकले उद्यमी महिलाहरुका लागि बिना धितो सामुहिक जमानीमा कर्जा लगानी तथा लद्युबित्त कार्यक्रम समेत संचालनमा ल्याएको छ ।

बैकंले आर्थिक वर्ष २०६६/६७ मा संकलित निक्षेप रु १ अर्व २२ करोड मध्ये बैकिङतर्फ रु ८५ करोड २० लाख र लद्युवित तर्फ रु ५ करोड ८७ लाख कर्जा लगानी गरी रु ३ करोड ७९ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको उदघाटनका अवसरमा अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । संस्थाले चालु आर्थिक वर्षमा रु १ अर्व ६५ करोड निक्षेप संकलन तथा १ अर्व ४३ करोड कर्जा लगानी गरी रु ६ करोड ५० लाख मुनाफा आर्जन गर्ने लक्ष्य लिएको समेत जानकारी गराइएको छ । स्याङ्जाको पुतलिबजार शाखाबाट यस अगाडिनै एटिएम सेवा संचालनमा ल्याएको बैकले वालिङ्बाट समेत छिटै सो सेवा प्रदान गर्ने बैक स्रोतले जानकारी दिएको छ ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home