Sunday, April 4, 2010

जलवायु परिवर्तनको नकरात्मक प्रभाव बढ्दैः वातावरणमन्त्री

२२ चैत, स्याङ्जा । वातावरणमन्त्री ठाकुरप्रसाद शर्माले जलवायु परिवर्तनले नेपालमा अतिवृष्टि, अनाबृष्टि जस्ता समस्या बढ्दै गईरहेकोले तापक्रममा बृद्धि भई मानिस लगायत अन्य पशुपंक्षीहरुमा पनि नकारात्मक प्रभाव पर्दै गएको बताउनुभएको छ ।


जलवायु परिवर्तनको विश्वव्यापी समस्याबाट नेपाल समेत प्रभावित बनिरहेको अवस्थामा नेपाल सरकार वातावरण मन्त्रालयको आयोजना र आपसी सहयोग केन्द्र स्याङ्जाको सहयोगमा आयोजित एक दिने जलवायु परिवर्तन सम्बन्धी अन्तक्रिर्या कार्यक्रमको स्याङ्जामा उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनको प्रभाव बारे जनचेतना अभिबृद्धि गरी मनोवैज्ञानिक रुपले सबैलाई तयार पार्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

मन्त्री शर्माल्ो गत मंसिर १८ गतेको कालापत्थरको मन्त्रिपरिषद बैठक र कोपेनहेगन सम्मेलनले गरेका निर्णय र नेपालले गर्नुपर्ने कार्यका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home