Monday, April 26, 2010

कास्की,स्याङजा र तनहु“को गाउ“गाउ“मा फैलदैछ मुक्तिनाथ विकास बैंकको लघुवित्त कार्यक्रम

दानराज पन्त
           प्रमुख लघुवित्त विभाग मुक्तिनाथ विकास बैंक
ल्ाघुवित्त भन्ने बित्तिकै ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब तथा विपन्न बर्गका महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपले सबल बनाउन घर-दैलोमा पुगेर प्रदान गरिने वित्तीय सेवा वा पद्धति हो। यस पद्घति अर्न्तर्गत सानो बचत बिमाका साथै काम गर्ने क्षमता, जोस जाँगर, सीप, ज्ञान र समय भएका तर पूँजी नभएका महिलाहरुलाई समुहमा आबद्घ गर्राई समूह कै जमानीमा बिना धितो ऋण उपलब्ध गर्राईनेछ ।
दक्षिण एश्ािया भित्र नै नेपाल अति गरीब राष्ट्रमा पर्दछ । नेपालमा कूल जनसंख्याको ३०.९ प्रतिशत जनता गरीबीको रेखामुनी रहेका छन्। विश्व बैंकले सन् २००८ को प्रतिबेदनमा दिनमा दर्ुइ डलर भन्दा कम आम्दानीमा गुजरा चलाईरहेका नेपालीहरु ६८.५ प्रतिशत रहेको तथ्य र्सार्बजनिक गरेको छ । नेपालमा पुरुषको तुलनामा महिलाहरुको आर्थिक तथा सामाजिक अबस्था पिडादायी छ । महिलाहरुमा रहेको अशिक्षा अज्ञानता र सामाजिक कूसंस्कारका कारण गरिबीले प्रश्रय पाएको छ । संसारभरमा गरिबीको सघनता ग्रामीण क्षेत्रमा बढी छ । नेपालको ग्रामीण क्षेत्रमा शहरी क्षेत्रको तुलनामा चार गुणा भन्दा बढी प्रतिशत गरीब जनसंख्या छन् । रोजगारीको स्थितिले हर्ेदा नेपालको पश्चिमाञ्चल क्षेत्रमा ७३.२ प्रतिशत जनसंख्या मात्र रोजगार छन् । दर्ुइ दशमलव सात प्रतिशत बेरोजगार र २४.१ प्रतिशत निष्कृय जनसंख्या रहेको छ । बेरोजगारी तथा निष्कृय जनसंख्यालाई आर्थिक उपार्जनका लागि उन्मुख गर्राई देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिन्छ ।
लघुवित्त कार्यक्रम शुरुवात
पञ्चायती व्यवस्थाको अन्तपछि आएको वहुदलीय राजनीतिक प्रणालीको स्थापनाको लामो समयसम्म पनि राजनीतिक अस्थिरताका कारण आर्थिक क्षेत्रमा खासै परिवर्तन आउन सकेन । नेपालको तुलनामा कम विकसित देशले पनि यो अवधिमा विकासको गतिमा निकै अघि बढे । यस्तो परिणाम आउनुमा बढी हिस्सा ओगटेका महिलाहरुले आर्थिक स्वतन्त्रता प्राप्त गर्न नसक्नु हो । तर्सथ गरिव तथा पछौटेपनको अवस्थाको अन्त अरुले गर्नै होइनन् । बाहिरी देश वा आफ्नै सरकारको मुङ्गख ताकेर पनि केही
हुँदैन । नागरिक आफै पनि जागरुक हुनर्ुपर्छ । यस्तो भावनाले ओतप्रोत भएर ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक स्तरमा बृद्धि गर्न स्याङ्गजा जिल्लालाई कार्य क्षेत्र बनाई आर्थिक कारोवार गरिरहेको रोयल सहकारी संस्थाका संस्थापकहरुले ग्रामीण क्षेत्रमा ‘जनता बैंकमा होइन कि बैंक जनतामा’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै लघुवित्त कार्यक्रमको रुपरेखा कोरे ।
गरिवी निवारणको लागि अचूक अस्त्रको रुपमा लिईएको लघुवित्त कार्यक्रमलाई वि.स.२०६० साल माघबाट रुरल माईक्रोफाईनान्स डेभलपमेण्ट सेण्टरको साझेदार संस्थाको रुपमा लघुवित्त कार्यक्रम सञ्चालन भयो । सुरुमा स्याङ्गजामा शाखा स्थापना गरियो । कार्यक्रम गाउँमा बस्ने दलित तथा पिछडिएका विपन्न महिलाको लागि भनेर सदरमुकामबाट पाँच घण्टाको दुरीमा सञ्चालन गरियो ।
दोस्रो शाखा वालिङ्मा स्थापना भयो । त्यसपछि रुरल माईक्रोफाईनान्स डेभलपमेण्ट सेण्टरको उत्प्रेरणामा सिर्द्धार्थ राजमार्गको जगत्रदेवी गा.वि.स.को गल्याङ्गबाट करिब २५ कि.मि. टाढा चापाकोटमा शाखा खोलियो । पुतली बजार नगरपालिका १२ राङ्खोलाबाट कहाली लाग्दो दर्ुइवटा डाँडा काटेर रहेको विरुवा अर्चलेमा चौथो शाखा विस्तार भयो । क्रमशः फेदिखोला, जुग्ले, अर्जुनचौपारी जस्ता दर्ुगम गाउँवस्तीका क्षेत्रमा शाखा स्थापना गरी लघुवित्त कार्यक्रम फैलिदै झयांगिदै गयो ।
रोयल कोअपरेटिभको शाखा विस्तार भैरहेको बेला मुक्तिनाथ विकास बैंक २०६३ पौष १९ मा स्थापना भयो । बैंकले द्रुत गतिमा आफनो सेवा र कार्यक्षेत्र विस्तार गर्दै थियो । बैंकले विकास बैंकको अर्थ र मर्म अनुसार आफ्नो भविष्य सामाजिक दायित्वसंग जोडिएको हुन्छ भन्ने अवधारणा लियो । सामाजिक विकास भनेको ग्रामीण क्षेत्र र महिलाहरुको दिगो आर्थिक परिवर्तन हो भन्ने सोचाई अनुरुप २०६५ बैशाख एक गतेबाट रोयल सहकारीको स्वामित्वमा सञ्चालित लघुवित्त कार्यक्रमलाई बैंकले लियो ।
तत्पश्चात बैंकको लघुवित्त विभाग स्थापना गरी कास्की र तनहुँ जिल्लामा कार्यक्षेत्र विस्तार भयो । कास्कीमा पोखरा र गगनगौंडा र तनहुँ जिल्लामा भिमाद, थर्पु, दमौली, दुलेगौंडा र डुम्रेमा कार्यालय खडा गरेर कार्य क्षेत्र भित्रका महिलाहरुलाई आय आर्जन गर्न लगाई आफनो खुट्टामा बाँच्न सक्ने आधारशीला तयार गरेको छ ।
प्रो. महम्मद युनसका अनुसार एयखभचतथ क्जयगमि “ Find Its Place Only in the Museums” भने झै तीन जिल्ल्ााका हरेक घर दैलोमा लघुवित्त कार्यक्रम पुर्‍याई यस भनाईलाई र्सार्थक पार्ने योजना यस बैंकले लिएको छ ।
लघुवित्त कार्यक्रम कार्य संचालन पद्धति
गरिवी न्युनिकरणका लागि यस बैंकले आफ्नो कार्य क्षेत्रका ग्रामीण तथा ग्रामीण बजार क्षेत्रमा बस्ने न्यून आयस्तर भएका विपन्न महिलाहरूका साथै लघु व्यापार व्यवसाय सञ्चालन गरिरहेका उद्यमशील महिला व्यवसायीहरुलाई समेट्छ । आपसमा चिनजान भई विश्वास गर्न सकिने, धनजमानी बस्न सकिने, सबैको बानी व्यवहार चिनेजानेको, दुःख सुखमा साथ दिदैं आएका साथै आयआर्जनका कामहरू गरी आफ्ना खुट्टामा आफै उभिनर्ुपर्छ भन्ने आत्मविश्वास भएका महिलाहरू यस कार्यक्रममा सहभागी हुन सक्दछन् ।
कार्यक्रम सञ्चालन गर्न कम्तिमा दशदेखि बढीमा ३० सदस्यहरू हुनु पर्दछ । तोकिएका सदस्यहरू पुगेपछि महिलाहरूलाई पायक पर्ने ठाउँमा गई बैंकका कर्मचारीद्वारा एक हप्ताको समूह उटा केन्द्र स्थापना गर्न लगाईन्छ ।
सदस्यहरूले नै आफू मध्येबाट समूहमा अध्यक्ष र सचिव तथा केन्द्रमा प्रमुख र उपप्रमुखको जिम्मेवारी तोक्दछन् । त्यसपछि केन्द्र सञ्चालनको मिति तथा नीति नियमहरू बनाइन्छ । केन्द्र बैठक प्रत्येक महिनाको निश्चित दिन तथा समय तय गरी नियमित रूपमा सञ्चालन गरिन्छ । प्रत्येक केन्द्र बैठकमा बचत तथा कर्जाको किस्ता संकलन, बचत फिर्ता, कर्जा माग तथा वितरण, सामाजिक विकासका विषयका साथै सदस्यहरूका समस्याको बारेमा छलफल गरिन्छ ।
लघुवित्त कार्यक्रमका सेवा सुविधा
यस कार्यक्रममा सदस्यको क्षमता, सीप र व्यवसायिक अनुभबको आधारमा कर्जा सेवालाई विविधिकरण गरिएको छ । न्युन आयस्तर भएका विपन्न महिलाहरुलाई बिनाधितो कृषि, पशुपालन, व्यापार व्यवसाय मार्फ आयआर्जन गर्न प्रथम बर्षा नै २० हजारदेखि क्रमशः ६० हजार रुपैयासम्मको साधारण कर्जा पाउँछन्। दोस्रो बर्षा अघिल्लो कर्जाबाट सदुपयोग गरेका र बैंकको वित्तीय अनुशासन पालन गरी नियमित उपस्थिति भएका सदस्यहरुले केन्द्र मुल्याङ्कनको आधारमा विशिष्ट सदस्य विशेष कर्जा मार्फ ६० हजारसम्मको कर्जा लिएर आफ्नो व्यवसायलाई बिस्तार गर्न सक्छन् । ग्रामीण बजार इलाकामा रही लघु व्यापार व्यवसाय सञ्चालन गरिरहेका उद्यमशील महिला व्यवसायीहरुले व्यवसायिक समूह कर्जा सुविधा अर्न्तर्गत अलग्गै केन्द्र गठन गरी सुरुमै ६० हजार सम्म कर्जा पाउँछन् । साधारण वा व्यवसायिक कर्जा लिई एक कर्जा चक्र पार गरिसकेका रु. ६० हजार भन्दा माथिको कारोबार गर्न चाहने पुराना ग्राहक सदस्यहरुले स्थानीय स्तरमा सञ्चालन हुने घरेलु उद्योग, कृषि व्यवसाय, सेवा तथा व्यापारिक प्रयोजनका व्यवसायसंग सम्बन्धित विभिन्न परियोजनाको स्थापना सञ्चालन र बिस्तार गर्न ऋण प्राप्त गर्न सक्छन् । त्यस्ता व्यवसायीले व्यवसायिक योजना तथा धितो दिई
रु. एक लाख ५० हजारसम्मको लघु उद्यम कर्जा लिन सक्छन् ।
“आजको बचत भोलिको भविष्य हो” भन्ने धारणा जगाउन र बचत गर्ने बानी बसाल्ाी समय-समयमा आउने गाह्रो अप्ठ्यारो र्टार्न ,समूह बचत, ब्यक्तिगत बचत र मुक्तिनाथ पेन्सन बचतको सुविधा दिइएको छ। केन्द्र घर, धारा पानी निर्माण र अन्य सामाजिक कार्य गर्न उत्प्रेरित गर्ने हिसाबले उपकार कोषको अवधारणा ल्याईएको छ । कर्जा सुरक्षण कोष सेवा अर्न्तर्गत बैंकको लघुवित्त कार्यक्रममा सदस्य बनी साधारण तथा विशिष्ट सदस्यहरुले विशेष कर्जा लिई कारोबार गरेका सदस्यहरुसँग कर्जा रकमको वाषिर्क एक प्रतिशतका दरले प्रिमियम लिई कर्जाको सुरक्षण कोष खडा गरिएको हुन्छ । समूह तथा केन्द्रमा आबद्ध भै कारोबार गरेको सदस्यको कर्जा भाखा अवधिभित्र मृत्यु भएमा केन्द्रका सदस्यहरुको रोहवरमा मृत्यु प्रमाण-पत्र लिई बाँकी कर्जा बराबरको रकम क्षतिपर्ूर्ति प्रदान गरिन्छ । यसबाट सदस्यका घरपरिवारलाई समवेदनाको बेला राहत पुग्न जान्छ । कार्यक्रममा आबद्घ सदस्यका आफन्त तथा छोराछोरीलाई रकम पठाउन चाहेमा कार्यक्षेत्रभित्र मनी टूान्सफर सुविधा उपलब्ध गर्राईनेछ । कर्जाको किस्ता रकम पनि एक क्षेत्रबाट अन्य क्षेत्रमा मनी टूान्सफर सुविधा अर्न्तर्गत पठाउन पाउनेछन् । बैकले सदस्यको व्यवसायिक क्षमता बढाउन अगरबत्ति बनाउने , मैनबत्ति बनाउने, सिलाई जस्ता सीपमूलक तालिम प्रदान गर्दै आएको छ ।
मुक्तिनाथ लघुवित्त कार्यक्रमका बिशेषताहरु ः
मुक्तिनाथ विकास बैंकको लघुवित्त कार्यक्रम अन्य संस्थाको कार्यक्रम भन्दा केहि भिन्न्ा ढंगले सञ्चालित छ । यस बैकको कार्य पद्घतिलाई निम्न बिशेषताको रुपमा चिन्न सकिन्छ ।
क) सदस्यको अवस्था, क्षमता, सीप र कार्य अनुभवका आधारमा न्युन आयस्तर भएका र विपन्नलाई प्राथमिकतामा राखी बिना धितो कर्जा सेवाको विविधिकरण गरिएको छ ।
ख) एकै साथ तीन जिल्लाका सम्पर्ूण्ा ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिक स्वतन्त्रताको अवसर दिएर आफ्नो खुट्टामा उभिन सक्ने बनाई समग्ररुपमा आर्थिक तथा सामाजिक विकास गर्ने परिकल्पना रहेको छ ।
ग) ग्रामीण बजारमा सञ्चालित लघु व्यवसायलाई व्यवसायिक कर्जामार्फ संचालन गर्न प्रोत्साहन गर्ने जसबाट बिपन्नका लागि रोजगारी सृजना भई समाजमा एउटाले गरेको कामबाट समाजका अरु व्यक्तिले पनि फाइदा पाउने अवसरको सृजना त्चष्अपभि भ्ााभअत मार्फ गरिबी न्युनिकरण गराउने सोच लिएको छ ।
घ) घरधन्दा, चुल्हो चौका, परम्परागत कामहरुमा अल्भिmएका ग्रामीण परिवेशका विपन्न वर्गका महिलाहरुलाई आय आर्जनमूलक व्यवसायिक कामका अतिरिक्त सामाजिक नेतृत्वको क्षमता विकास गराउनमा कार्यक्रमले विशेष जोड दिएको छ ।
ङ) सदस्य तथा सदस्यको अभिभावकलाई कार्यक्रमको बारेमा पर्ूण्ा जानकारी गर्राई घरदैलोमा नै गई सेवा दिएको छ ।
च) समूहमा आबद्घ सदस्यहरूलाई सक्रिय, इमान्दार र उद्यमशील बन्न प्रेरित गर्नका साथै शिक्षा, स्वास्थ्य, वातावरणका बारेमा जानकारी गर्राई मर्यादित जीवन निर्वाह गर्न मद्धत गर्दछ ।
छ) कँाधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारीका साथ उच्च चरित्र भएका मात्र लघुवित्तका र् कर्मचारी हुन् भन्ने मान्यता लिइएको छ ।
ज) सदस्यको उन्नति नै बैंकको उन्नतिका रुपमा लिइएको छ ।
हालसम्मको प्रगति विवरण
लघुवित्त कार्यक्रममार्फ ०६६ को माघ मसान्तसम्म कास्की, तनहूँ र स्याङ्गजा गरी तीन जिल्ल्ााका एक उपमहानगरपालिका, चार नगरपालिका र ८२ गाविसका १८ हजार ८ सय ४ विपन्न घरधुरी मार्फ ८० हजार बासिन्दा यस कार्यक्रम मार्फ आय आर्जन गरी आर्थिक तथा सामाजिक उन्नति गरेका छन् । लघुवित्त कार्यक्रम अर्न्तगत १७ वटा शाखामा ९७६ मुक्तिनाथ महिला विकास केन्द्र गठन गरी ३८०५ समूह छन् । ती समूहमा कूल ऋण रु ३६,१७,४२,५३४/- प्रवाह भई बाँकी कर्जा रु. १६,९७,८१,२००/- रहेको छ । समूहमा बचत रु ३,९०,९१,७५९/- संकलन गरिएको छ ।
चालु आर्थिक बर्ष०६६/६७ भित्र तीन जिल्ल्ााका एक उपमहानगरपालिका, चार नगरपालिका र ९० गाविसका ३०,००० विपन्न घरधुरीको आर्थिक विकास गरी एक लाख पचास हजार बासिन्दालाई लघुवित्त कार्यक्रमबाट लाभान्वित गराउने योजना रहेको छ। कूल १७ शाखा मार्फ १५४८ मुक्तिनाथ महिला विकास केन्द्र गठन गरी ६००० कूल ऋण रु. ६०,५६,८१,५००। प्रबाह हुने र बचत रु. ७,६५,२५,११५। संकलन गर्ने अपेक्षा गरिएको छ ।
निष्कर्ष नेपाल राष्ट्र बैंकद्वारा जारी २०६६ को मौद्रिक नीतिमा ‘क’ वर्ग तथा ‘ख’ वर्ग विकास बैंकले पनि सहायक कम्पनीको रुपमा लघुवित्त कार्य गर्न सक्ने भन्ने उल्लेख छ । त्यस अनुसार यस बैंकले लघुवित्त कार्यक्रमलाई व्यवस्थित तबरले सञ्चालन गर्न सहायक कम्पनी खोली आगामी आर्थिक बर्षभत्र दश जिल्ल्ाामा कार्यक्रम पुर्‍याउने योजना बनाएको छ ।
लघुवित्त कार्यक्रमको सूचना तथा रिपोर्टिङ्गलाई फाइबर नेट मार्फ अन लाइन सेवा तथा तथ्याङ्क केन्द्रीकरण गर्ने लक्ष्य छ । दक्ष कर्मचारी उत्पादन गरी दिगो तथा गुणस्तरीय सेवा प्रदान गर्ने एवं शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत तथा संचारका क्षेत्रमा आइपर्ने वित्तीय सेवालाई लघुवित्त कार्यक्रमको दायरामा ल्याई सामाजिक बैंकिङ्गको रुपमा स्थापित हुने लक्ष्य
लिईएको छ
कास्की,स्याङजा र तनहु“को गाउ“गाउ“मा फैलदैछ मुक्तिनाथ विकास बैंकको लघुवित्त कार्यक्रमदानराज पन्त, प्रमुख लघुवित्त विभाग मुक्तिनाथ विकास बैंकल्ाघुवित्त भन्ने बित्तिकै ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब तथा विपन्न बर्गका महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपले सबल बनाउन घर-दैलोमा पुगेर प्रदान गरिने वित्तीय सेवा वा पद्धति हो । यस पद्घति अर्न्तर्गत सानो बचत बिमाका साथै काम गर्ने क्षमता, जोस जाँगर, सीप, ज्ञान र समय भएका तर पूँजी नभएका महिलाहरुलाई समुहमा आबद्घ गर्राई समूह कै जमानीमा बिना धितो ऋण उपलब्ध गर्राईनेछ । दक्षिण एश्ािया भित्र नै नेपाल अति गरीब राष्ट्रमा पर्दछ । नेपालमा कूल जनसंख्याको ३०.९ प्रतिशत जनता गरीबीको रेखामुनी रहेका छन्। विश्व बैंकले सन् २००८ को प्रतिबेदनमा दिनमा दर्ुइ डलर भन्दा कम आम्दानीमा गुजरा चलाईरहेका नेपालीहरु ६८.५ प्रतिशत रहेको तथ्य र्सार्बजनिक गरेको छ । नेपालमा पुरुषको तुलनामा महिलाहरुको आर्थिक तथा सामाजिक अबस्था पिडादायी छ । महिलाहरुमा रहेको अशिक्षा अज्ञानता र सामाजिक कूसंस्कारका कारण गरिबीले प्रश्रय पाएको छ । संसारभरमा गरिबीको सघनता ग्रामीण क्षेत्रमा बढी छ । नेपालको ग्रामीण क्षेत्रमा शहरी क्षेत्रको तुलनामा चार गुणा भन्दा बढी प्रतिशत गरीब जनसंख्या छन् । रोजगारीको स्थितिले हर्ेदा नेपालको पश्चिमाञ्चल क्षेत्रमा ७३.२ प्रतिशत जनसंख्या मात्र रोजगार छन् । दर्ुइ दशमलव सात प्रतिशत बेरोजगार र २४.१ प्रतिशत निष्कृय जनसंख्या रहेको छ । बेरोजगारी तथा निष्कृय जनसंख्यालाई आर्थिक उपार्जनका लागि उन्मुख गर्राई देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिन्छ । लघुवित्त कार्यक्रम शुरुवात पञ्चायती व्यवस्थाको अन्तपछि आएको वहुदलीय राजनीतिक प्रणालीको स्थापनाको लामो समयसम्म पनि राजनीतिक अस्थिरताका कारण आर्थिक क्षेत्रमा खासै परिवर्तन आउन सकेन । नेपालको तुलनामा कम विकसित देशले पनि यो अवधिमा विकासको गतिमा निकै अघि बढे । यस्तो परिणाम आउनुमा बढी हिस्सा ओगटेका महिलाहरुले आर्थिक स्वतन्त्रता प्राप्त गर्न नसक्नु हो । तर्सथ गरिव तथा पछौटेपनको अवस्थाको अन्त अरुले गर्नै होइनन् । बाहिरी देश वा आफ्नै सरकारको मुङ्गख ताकेर पनि केही हुँदैन । नागरिक आफै पनि जागरुक हुनर्ुपर्छ । यस्तो भावनाले ओतप्रोत भएर ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक स्तरमा बृद्धि गर्न स्याङ्गजा जिल्लालाई कार्य क्षेत्र बनाई आर्थिक कारोवार गरिरहेको रोयल सहकारी संस्थाका संस्थापकहरुले ग्रामीण क्षेत्रमा ‘जनता बैंकमा होइन कि बैंक जनतामा’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै लघुवित्त कार्यक्रमको रुपरेखा कोरे । गरिवी निवारणको लागि अचूक अस्त्रको रुपमा लिईएको लघुवित्त कार्यक्रमलाई वि.स.२०६० साल माघबाट रुरल माईक्रोफाईनान्स डेभलपमेण्ट सेण्टरको साझेदार संस्थाको रुपमा लघुवित्त कार्यक्रम सञ्चालन भयो । सुरुमा स्याङ्गजामा शाखा स्थापना गरियो । कार्यक्रम गाउँमा बस्ने दलित तथा पिछडिएका विपन्न महिलाको लागि भनेर सदरमुकामबाट पाँच घण्टाको दुरीमा सञ्चालन गरियो । दोस्रो शाखा वालिङ्मा स्थापना भयो । त्यसपछि रुरल माईक्रोफाईनान्स डेभलपमेण्ट सेण्टरको उत्प्रेरणामा सिर्द्धार्थ राजमार्गको जगत्रदेवी गा.वि.स.को गल्याङ्गबाट करिब २५ कि.मि. टाढा चापाकोटमा शाखा खोलियो । पुतली बजार नगरपालिका १२ राङ्खोलाबाट कहाली लाग्दो दर्ुइवटा डाँडा काटेर रहेको विरुवा अर्चलेमा चौथो शाखा विस्तार भयो । क्रमशः फेदिखोला, जुग्ले, अर्जुनचौपारी जस्ता दर्ुगम गाउँवस्तीका क्षेत्रमा शाखा स्थापना गरी लघुवित्त कार्यक्रम फैलिदै झयांगिदै गयो । रोयल कोअपरेटिभको शाखा विस्तार भैरहेको बेला मुक्तिनाथ विकास बैंक २०६३ पौष १९ मा स्थापना भयो । बैंकले द्रुत गतिमा आफनो सेवा र कार्यक्षेत्र विस्तार गर्दै थियो । बैंकले विकास बैंकको अर्थ र मर्म अनुसार आफ्नो भविष्य सामाजिक दायित्वसंग जोडिएको हुन्छ भन्ने अवधारणा लियो । सामाजिक विकास भनेको ग्रामीण क्षेत्र र महिलाहरुको दिगो आर्थिक परिवर्तन हो भन्ने सोचाई अनुरुप २०६५ बैशाख एक गतेबाट रोयल सहकारीको स्वामित्वमा सञ्चालित लघुवित्त कार्यक्रमलाई बैंकले लियो । तत्पश्चात बैंकको लघुवित्त विभाग स्थापना गरी कास्की र तनहुँ जिल्लामा कार्यक्षेत्र विस्तार भयो । कास्कीमा पोखरा र गगनगौंडा र तनहुँ जिल्लामा भिमाद, थर्पु, दमौली, दुलेगौंडा र डुम्रेमा कार्यालय खडा गरेर कार्य क्षेत्र भित्रका महिलाहरुलाई आय आर्जन गर्न लगाई आफनो खुट्टामा बाँच्न सक्ने आधारशीला तयार गरेको छ । प्रो. महम्मद युनसका अनुसार एयखभचतथ क्जयगमि ँष्लम क्ष्तक एबिअभ इलथि ष्ल तजभ ःगकभumकू भने झै तीन जिल्ल्ााका हरेक घर दैलोमा लघुवित्त कार्यक्रम पुर्‍याई यस भनाईलाई र्सार्थक पार्ने योजना यस बैंकले लिएको छ ।लघुवित्त कार्यक्रम कार्य संचालन पद्धति गरिवी न्युनिकरणका लागि यस बैंकले आफ्नो कार्य क्षेत्रका ग्रामीण तथा ग्रामीण बजार क्षेत्रमा बस्ने न्यून आयस्तर भएका विपन्न महिलाहरूका साथै लघु व्यापार व्यवसाय सञ्चालन गरिरहेका उद्यमशील महिला व्यवसायीहरुलाई समेट्छ । आपसमा चिनजान भई विश्वास गर्न सकिने, धनजमानी बस्न सकिने, सबैको बानी व्यवहार चिनेजानेको, दुःख सुखमा साथ दिदैं आएका साथै आयआर्जनका कामहरू गरी आफ्ना खुट्टामा आफै उभिनर्ुपर्छ भन्ने आत्मविश्वास भएका महिलाहरू यस कार्यक्रममा सहभागी हुन सक्दछन् । कार्यक्रम सञ्चालन गर्न कम्तिमा दशदेखि बढीमा ३० सदस्यहरू हुनु पर्दछ । तोकिएका सदस्यहरू पुगेपछि महिलाहरूलाई पायक पर्ने ठाउँमा गई बैंकका कर्मचारीद्वारा एक हप्ताको समूह उटा केन्द्र स्थापना गर्न लगाईन्छ । सदस्यहरूले नै आफू मध्येबाट समूहमा अध्यक्ष र सचिव तथा केन्द्रमा प्रमुख र उपप्रमुखको जिम्मेवारी तोक्दछन् । त्यसपछि केन्द्र सञ्चालनको मिति तथा नीति नियमहरू बनाइन्छ । केन्द्र बैठक प्रत्येक महिनाको निश्चित दिन तथा समय तय गरी नियमित रूपमा सञ्चालन गरिन्छ । प्रत्येक केन्द्र बैठकमा बचत तथा कर्जाको किस्ता संकलन, बचत फिर्ता, कर्जा माग तथा वितरण, सामाजिक विकासका विषयका साथै सदस्यहरूका समस्याको बारेमा छलफल गरिन्छ ।लघुवित्त कार्यक्रमका सेवा सुविधा यस कार्यक्रममा सदस्यको क्षमता, सीप र व्यवसायिक अनुभबको आधारमा कर्जा सेवालाई विविधिकरण गरिएको छ । न्युन आयस्तर भएका विपन्न महिलाहरुलाई बिनाधितो कृषि, पशुपालन, व्यापार व्यवसाय मार्फ आयआर्जन गर्न प्रथम बर्षा नै २० हजारदेखि क्रमशः ६० हजार रुपैयासम्मको साधारण कर्जा पाउँछन्। दोस्रो बर्षा अघिल्लो कर्जाबाट सदुपयोग गरेका र बैंकको वित्तीय अनुशासन पालन गरी नियमित उपस्थिति भएका सदस्यहरुले केन्द्र मुल्याङ्कनको आधारमा विशिष्ट सदस्य विशेष कर्जा मार्फ ६० हजारसम्मको कर्जा लिएर आफ्नो व्यवसायलाई बिस्तार गर्न सक्छन् । ग्रामीण बजार इलाकामा रही लघु व्यापार व्यवसाय सञ्चालन गरिरहेका उद्यमशील महिला व्यवसायीहरुले व्यवसायिक समूह कर्जा सुविधा अर्न्तर्गत अलग्गै केन्द्र गठन गरी सुरुमै ६० हजार सम्म कर्जा पाउँछन् । साधारण वा व्यवसायिक कर्जा लिई एक कर्जा चक्र पार गरिसकेका रु. ६० हजार भन्दा माथिको कारोबार गर्न चाहने पुराना ग्राहक सदस्यहरुले स्थानीय स्तरमा सञ्चालन हुने घरेलु उद्योग, कृषि व्यवसाय, सेवा तथा व्यापारिक प्रयोजनका व्यवसायसंग सम्बन्धित विभिन्न परियोजनाको स्थापना सञ्चालन र बिस्तार गर्न ऋण प्राप्त गर्न सक्छन् । त्यस्ता व्यवसायीले व्यवसायिक योजना तथा धितो दिई रु. एक लाख ५० हजारसम्मको लघु उद्यम कर्जा लिन सक्छन् । “आजको बचत भोलिको भविष्य हो” भन्ने धारणा जगाउन र बचत गर्ने बानी बसाल्ाी समय-समयमा आउने गाह्रो अप्ठ्यारो र्टार्न ,समूह बचत, ब्यक्तिगत बचत र मुक्तिनाथ पेन्सन बचतको सुविधा दिइएको छ। केन्द्र घर, धारा पानी निर्माण र अन्य सामाजिक कार्य गर्न उत्प्रेरित गर्ने हिसाबले उपकार कोषको अवधारणा ल्याईएको छ । कर्जा सुरक्षण कोष सेवा अर्न्तर्गत बैंकको लघुवित्त कार्यक्रममा सदस्य बनी साधारण तथा विशिष्ट सदस्यहरुले विशेष कर्जा लिई कारोबार गरेका सदस्यहरुसँग कर्जा रकमको वाषिर्क एक प्रतिशतका दरले प्रिमियम लिई कर्जाको सुरक्षण कोष खडा गरिएको हुन्छ । समूह तथा केन्द्रमा आबद्ध भै कारोबार गरेको सदस्यको कर्जा भाखा अवधिभित्र मृत्यु भएमा केन्द्रका सदस्यहरुको रोहवरमा मृत्यु प्रमाण-पत्र लिई बाँकी कर्जा बराबरको रकम क्षतिपर्ूर्ति प्रदान गरिन्छ । यसबाट सदस्यका घरपरिवारलाई समवेदनाको बेला राहत पुग्न जान्छ । कार्यक्रममा आबद्घ सदस्यका आफन्त तथा छोराछोरीलाई रकम पठाउन चाहेमा कार्यक्षेत्रभित्र मनी टूान्सफर सुविधा उपलब्ध गर्राईनेछ । कर्जाको किस्ता रकम पनि एक क्षेत्रबाट अन्य क्षेत्रमा मनी टूान्सफर सुविधा अर्न्तर्गत पठाउन पाउनेछन् । बैकले सदस्यको व्यवसायिक क्षमता बढाउन अगरबत्ति बनाउने , मैनबत्ति बनाउने, सिलाई जस्ता सीपमूलक तालिम प्रदान गर्दै आएको छ ।मुक्तिनाथ लघुवित्त कार्यक्रमका बिशेषताहरु ः मुक्तिनाथ विकास बैंकको लघुवित्त कार्यक्रम अन्य संस्थाको कार्यक्रम भन्दा केहि भिन्न्ा ढंगले सञ्चालित छ । यस बैकको कार्य पद्घतिलाई निम्न बिशेषताको रुपमा चिन्न सकिन्छ ।क) सदस्यको अवस्था, क्षमता, सीप र कार्य अनुभवका आधारमा न्युन आयस्तर भएका र विपन्नलाई प्राथमिकतामा राखी बिना धितो कर्जा सेवाको विविधिकरण गरिएको छ ।ख) एकै साथ तीन जिल्लाका सम्पर्ूण्ा ग्रामीण क्षेत्रका महिलाहरुलाई आर्थिक स्वतन्त्रताको अवसर दिएर आफ्नो खुट्टामा उभिन सक्ने बनाई समग्ररुपमा आर्थिक तथा सामाजिक विकास गर्ने परिकल्पना रहेको छ ।ग) ग्रामीण बजारमा सञ्चालित लघु व्यवसायलाई व्यवसायिक कर्जामार्फ संचालन गर्न प्रोत्साहन गर्ने जसबाट बिपन्नका लागि रोजगारी सृजना भई समाजमा एउटाले गरेको कामबाट समाजका अरु व्यक्तिले पनि फाइदा पाउने अवसरको सृजना त्चष्अपभि भ्ााभअत मार्फ गरिबी न्युनिकरण गराउने सोच लिएको छ ।घ) घरधन्दा, चुल्हो चौका, परम्परागत कामहरुमा अल्भिmएका ग्रामीण परिवेशका विपन्न वर्गका महिलाहरुलाई आय आर्जनमूलक व्यवसायिक कामका अतिरिक्त सामाजिक नेतृत्वको क्षमता विकास गराउनमा कार्यक्रमले विशेष जोड दिएको छ ।ङ) सदस्य तथा सदस्यको अभिभावकलाई कार्यक्रमको बारेमा पर्ूण्ा जानकारी गर्राई घरदैलोमा नै गई सेवा दिएको छ । च) समूहमा आबद्घ सदस्यहरूलाई सक्रिय, इमान्दार र उद्यमशील बन्न प्रेरित गर्नका साथै शिक्षा, स्वास्थ्य, वातावरणका बारेमा जानकारी गर्राई मर्यादित जीवन निर्वाह गर्न मद्धत गर्दछ ।छ) कँाधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारीका साथ उच्च चरित्र भएका मात्र लघुवित्तका र् कर्मचारी हुन् भन्ने मान्यता लिइएको छ ।ज) सदस्यको उन्नति नै बैंकको उन्नतिका रुपमा लिइएको छ ।हालसम्मको प्रगति विवरण लघुवित्त कार्यक्रममार्फ ०६६ को माघ मसान्तसम्म कास्की, तनहूँ र स्याङ्गजा गरी तीन जिल्ल्ााका एक उपमहानगरपालिका, चार नगरपालिका र ८२ गाविसका १८ हजार ८ सय ४ विपन्न घरधुरी मार्फ ८० हजार बासिन्दा यस कार्यक्रम मार्फ आय आर्जन गरी आर्थिक तथा सामाजिक उन्नति गरेका छन् । लघुवित्त कार्यक्रम अर्न्तगत १७ वटा शाखामा ९७६ मुक्तिनाथ महिला विकास केन्द्र गठन गरी ३८०५ समूह छन् । ती समूहमा कूल ऋण रु ३६,१७,४२,५३४/- प्रवाह भई बाँकी कर्जा रु. १६,९७,८१,२००/- रहेको छ । समूहमा बचत रु ३,९०,९१,७५९/- संकलन गरिएको छ । चालु आर्थिक बर्ष०६६/६७ भित्र तीन जिल्ल्ााका एक उपमहानगरपालिका, चार नगरपालिका र ९० गाविसका ३०,००० विपन्न घरधुरीको आर्थिक विकास गरी एक लाख पचास हजार बासिन्दालाई लघुवित्त कार्यक्रमबाट लाभान्वित गराउने योजना रहेको छ। कूल १७ शाखा मार्फ १५४८ मुक्तिनाथ महिला विकास केन्द्र गठन गरी ६००० कूल ऋण रु. ६०,५६,८१,५००। प्रबाह हुने र बचत रु. ७,६५,२५,११५। संकलन गर्ने अपेक्षा गरिएको छ । निष्कर्ष नेपाल राष्ट्र बैंकद्वारा जारी २०६६ को मौद्रिक नीतिमा ‘क’ वर्ग तथा ‘ख’ वर्ग विकास बैंकले पनि सहायक कम्पनीको रुपमा लघुवित्त कार्य गर्न सक्ने भन्ने उल्लेख छ । त्यस अनुसार यस बैंकले लघुवित्त कार्यक्रमलाई व्यवस्थित तबरले सञ्चालन गर्न सहायक कम्पनी खोली आगामी आर्थिक बर्षभत्र दश जिल्ल्ाामा कार्यक्रम पुर्‍याउने योजना बनाएको छ । लघुवित्त कार्यक्रमको सूचना तथा रिपोर्टिङ्गलाई फाइबर नेट मार्फ अन लाइन सेवा तथा तथ्याङ्क केन्द्रीकरण गर्ने लक्ष्य छ । दक्ष कर्मचारी उत्पादन गरी दिगो तथा गुणस्तरीय सेवा प्रदान गर्ने एवं शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत तथा संचारका क्षेत्रमा आइपर्ने वित्तीय सेवालाई लघुवित्त कार्यक्रमको दायरामा ल्याई सामाजिक बैंकिङ्गको रुपमा स्थापित हुने लक्ष्य लिईएको छ

1 Comments:

Blogger दूर्जेय चेतना said...

यो त राम्रो कामहो। जानकारी दिनु भएकोमा धन्यबाद है।

May 1, 2010 at 6:21 AM  

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home