Saturday, April 24, 2010

आगोले १० घर नष्ट

स्याङ्जा, वैशाख ११ -

         मनकामना ६ टर्लेमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । १० गते दिउसो लागेको आगोबाट करीव २० लाख रुपैयाको क्षति भएको समाजसेवी कृष्ण खाँडले बताए ।
प्रहरी र स्थानियबासीको सकि्रयतामा ८ घण्टापछि गय राति २ बजे आगो नियन्त्रणमा आएको थियो । खाना पकाउने क्रममा बाटुली विकले बक्ति बालेर माथिल्लो तलामा तरकारी लिन जाने क्रममा बत्तीको आगो घरको छानामा सल्किपछि गाँउभरि फैलिएको थियो । आगोबाट ४० कुखुरा, खाद्यन्न र लत्ताकपडा नष्ट भएका छन् ।

बसन्ती बाँस्तोला (Kantipur)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home