Wednesday, April 21, 2010

प्रेमीले ज्यान लिए प्रेमिकाको

       ८ वैशाख, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा आफ्नै प्रेमीले केबलको तारले घाटी बाँधेर प्रमिकाको हत्या गरेको छ ।

भारतको बिहारमा स्थायी घरभएका प्रेमी कलिम सेखले कास्की निर्मलपोखरी ७ घर भएकी २२ वषिर्या चाँदनी पोख्रेलको हत्या गरेको कास्की प्रहरीले जनाएको छ ।
हत्या पश्चात पोखरेललाई राङ्कोस हरिपाला भन्ने ठाउँमा लगेर फालिएको अवस्थामा बुधबार शव फेला परेको प्रहरीले जनाएको छ ।
४० वषर्ीय कलिम विगत १० वर्षदेखि पोखरा रामबजारमा रेवन टेलर्स सञ्चालन गर्दै आइरहेका छन् ।
हत्याराले प्रहरीलाई दिएको बयानमा विगत लामो समयदेखि आफूहरुबीच प्रेमसम्बन्ध रहेको र नियमित रुपमा यौनसम्बन्ध पनि राख्दै आएको स्वीकार गरेकाछन् । उनले मंगलबार मध्यान्ह १२ बजे हत्या गरेको र बुधबार विहान स्याङ्जा लगेर फालेको बताएका छन् । हत्यारा अहिले कास्की प्रहरीको नियन्त्रणमा रहेको र युवतीको शवलाई पोष्टमार्टमको लागि कास्कीतर्फ पठाईएको स्याङ्जाका प्रहरी निरिक्षक रेशम श्रेष्ठले जानकारी दिनुभयो ।

राधाकृष्ण डुम्रे (Olinekhabar)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home