Sunday, May 9, 2010

सहमतिको आधारमा मुलुकलाई अगाडि लैजानुर्पर्छः सभासद् पाण्डे

सहमतिको आधारमा मुलुकलाई अगाडि लैजानुर्पर्छः सभासद् पाण्डे

                    गल्याङ, २५ वैशाख।सभासद् मोहनप्रसाद पाण्डेले मुलुक सङ्क्रमणकालबाट गुज्रिएकोले सहमतिको आधारमा मुलुकलाई अगाडि लैजानुपर्नेमा जोड दिनुभएको थियो।
स्याङ्जा जिल्ला तुलसीभन्ज्याङ गाविस वडा नं. ५ जिमुहाकट्टीअर्न्तर्गत गल्कोट उच्च माविको स्वर्णहोत्वस समापन समारोहमा बोल्दै सभासद् पाण्डेले शान्ति प्रक्रिया र सेना समायोजन हुन सक्दैन तबसम्म समयमा संविधान नआउने दावी गर्नुभयो।
सबै जातजाति सबै वर्गको हकहितलाई समेटेर जातीय नभई सङ्घीय राज्यको आधारमा नयाँ सविधान आउने बताउँदै उहाँले हतियारको भरमा परिवर्तन ल्याउन नसकिने बताउनुभयो।
कार्यक्रममा सभासद् पाण्डेले विद्यालयको स्मारिका तथा १२ लाखको लागतमा निर्माण गरिएको चार कोठे भवनसमेत उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष विष्णुप्रसाद डुम्रे, नेकपा एमाले क्षेत्रीय अध्यक्ष मुक्तिप्रसाद पाठक, नेपाली काङ्ग्रेस क्षेत्रीय सचिव लक्ष्मणप्रसाद भट्टर्राई, नेपाल शिक्षक सङ्घ जिल्ला सभापति लक्ष्मीप्रसाद रेग्मी, पूर्व शिक्षक मेघराज घिमिरे, र्सूर्यप्रसाद डुम्रे, विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणप्रसाद ज्ञवालीलगायतले विद्यालयको उत्तरोउत्तर प्रगतिको कामना गर्दै डिप्लोमा तहको पढाइका लागि पहल गर्न माग गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्राचार्य परशुराम भट्टर्राईले ४६ लाख २९ हजार सात सय ४९ रूपँयाँको आयव्यय प्रस्तुत गर्नुभएको थियो। विद्यालयलाई स्थापनाकालदेखि विभिन्न क्षेत्रमा सहयोग पुर्žयाउने संस्थापक अध्यक्ष विष्णुप्रसाद डुम्रे, संस्थापक सदस्य ज्ञानप्रसाद डुम्रे, पूर्व शिक्षक मेघराज घिमिरे, र्सूर्यप्रसाद डुम्रे, राजेन्द्रदेव खनाल, डिल्लीराम अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद अधिकारी, सदस्य तेजप्रसाद डुम्रे, प्राचार्य परशुराम भट्टर्राई, विशेष चन्दामा सहयोग पुर्žयाउने केतुका डुम्रे, अम्विरबहादुर विक, विश्वनाथ खनाललगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय लोक दोहोरीगायक पुरुषोत्तम न्यौपाने, शिरिष देवकोटा, रीता थापालगायत स्थानीय कलाकारका साथै सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद अधिकारीले गर्नुभएको थियो।

आदर्श समाज

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home