Saturday, May 8, 2010

गाई काटेर मासु खाएको अभियोगमा २ जना नियन्त्रणमा

         स्याङ्जाको जगत्रदेवी गाविस वडा नं ८ लल्याङमा गाई काटेर मासु खाएको अभियोगमा गल्याङ प्रहरी चौकीले २ जनालाई नियन्त्रणमा लिएको छ । पेल्काचौर घर भएका बलबहादुर नेपाली र गुल्मी घर भएका भीमबहादुरलाई प्रहरीले पक्रेको हो । गाई काटेर खाएको खबर पाउनासाथै गल्याङ् प्रहरीले घटनाको अनुसन्धान गर्दा रगतका छिटा र लादीहरु फालिएको भेटेपछि २ जनालाई सवुत प्रमाणसहित पक्राउ गरेको हो । पछिल्लो केही दिन यता स्याङजामा गाई काट्ने घटना बढेर गएको छ । मंगलबार मात्रै वालिङ नगरपालिका वडा नं ११ माथिल्लो पेखुमा गाई काटेको अभियोगमा प्रहरीले ११ जनालाई पक्रेको थियो । उनीहरुमध्ये ८ जनालाई अझै पनि प्रहरी नियन्त्रणमा राखिएको छ ।

स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home