Wednesday, May 12, 2010

बाख्रा साटासाट कार्यक्रम

         स्याङ्जाको वहाकोट र ठुलाहाडि गाँउविकास समितिमा लागु भएको बाख्रा साटासाट कार्यक्रमले महिलाहरु आत्म निर्भर भएका छन् । विपन्न परीवारका महिलाहरुको जिवनस्तर परिवर्तन गर्ने उद्देश्यले संचालित कार्यक्रम अन्र्तगत बाख्रापालन गरेका बहाकोटको गैहा र ठुलाहाडि ढापाका करीब ५० महिला कृषकहरुले प्रत्यक्ष फाइदा लिइरहेका छन् । हेफर इन्टरनेशनल र जनचेतना विकास केन्द्र पोखराको सहयोगमा उत्त कार्यक्रम संचालन भएको हो । विशेषत निम्न आयस्तर भएका महिलाहरुको जिवन स्तर उकास्ने उद्देश्यले बाख्रा साटासाट कार्यक्रम निकै सफल समेत मानिएको छ । एक कृषकलाई २ बाख्राका दरले वितरण गरी उत्पादित बाख्रा फिर्ता गर्ने गरी बाख्रा साटासाट कार्यक्रम संचालन गर्ने गरिएको छ । सोही कार्यक्रम अन्र्तगत आज ठुलाहाडि ८ मर्सकामा नयाँ बख्रा पालक महिलाहरुको समुह गठन गरी बाख्रा वितरण गरीएको छ । २५ जना कृषक महिलाहरुको समुहले सितला महिला विकास समुह गठन गरे पश्चात उनिहरुलाई पनि बाख्रा वितरण गरीएको बताइएको छ ।

( स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज )

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home