Sunday, May 16, 2010

माहुरीपालनसम्बन्धी तालिम

             स्याङ्जाका विभिन्न गाविसका अति विपन्न परिवार तथा एचआईभी एड्स प्रभावितहरु माहुरीपालनसम्बन्धी तालिम तथा विभिन्न सामग्रीहरु पाएपछि खुसी भएका छन् । माहुरीपालनसम्बन्धी तीन दिने तालिमसँगै घार, टोपीलगायत आवश्यक अन्य सामग्री पाएपछि स्याङ्जाका २० गाविसका अति विपन्न परिवार र एच आईभी एड्स प्रभावित गरी ८० जना लाभान्वित भएका हुन् । माहुरी खेतिको प्रचुर सम्भावना हुँदा हँुदै पनि आवश्यक ज्ञान तथा विभिन्न आधुनिक प्रविधिको कमीका कारण खेती फस्टाउन नसकेको तथा एचआईभी प्रभावितहरुलाई समेत माहुरी पालनमा आकर्षित गर्ने उद्देश्यले सहारा समूहको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको प्राविधिक सहयोगमा सामग्री बाँडिएको हो ।

(स्याङ्जा एफ. एफ. ८९.६ मेगाहर्ज ५००वाट)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home