Friday, August 6, 2010

अर्धवर्षिकी तरकारी खेतिबाट मनग्य आम्दानि

(लोकनाथ मरासिनी)
स्याङ्जा, साउन २० - स्याङ्जाको छाङ्छाङ्दी गाउँविकास समिति वडा नं ४ धरमपानीका कृषकहरु अर्धवर्षिकी तरकारी खेतिबाट मनग्य आम्दानि गर्न सफल भएका छन् । वर्षयामको समयमा मात्रै अर्धवार्षिकी रुपमा तरकारी खेती गर्दै आएका उनिहरुले अहिले राम्रो अर्थोपार्जन गर्न सफल भएका हुन् । उक्त स्थानका कृषकहरु हिउँदको समयमा पानीको समस्या हुने भएकोले वर्षाको समयमा मात्र व्यवसायिक रुपमा तरकारी खेती गर्ने गरेका छन् ।
परम्परागत रुपमा गरिने खेती भन्दा केही झन्झटिलो भएपनि व्यवसायिक रुपमा तरकारी खेती गरेपछि दैनिक गुजारा चलाउनकै लागि विदेश जानु नपर्ने स्थानिय कृषकहरुको भनाई रहेको छ । कृषक युगमायँ काफ्लेका अनुसार तरकारी खेतीबाट मासिक १५÷२० हजार रुपैँया आम्दानी हुने र वर्षभरीको लागि घरखर्चो चलाउन पुग्ने गरेको छ । हिउँदमा पानीको समस्या भएकोले व्यवसायिक रुपमा खेती गर्न नसकिएको उनको गुनासो रहेको छ । यस्तै तरकारी खेतीबाट नै आफ्नो ५ जनाको परिवार राम्रोसँग पालिएको छाङ्छाङ्दी ४ कै कृषक घनलाल काफ्लेको भनाई छ । त्यसो त त्यस ठाउँका अधिकांश कृषकहरुले अर्धवार्षिकी व्यवसायिक तरकारी खेतीबाट नै आफ्नो दैनिक गुजारा चलाउदै आएका छन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home